Sadarline
२०८३ असोज २७ , मंगलबार

जैन परिवारको सहयोगमा भेरीलाई खानेपानी



नेपालगञ्ज : लायन्स क्लव अफ सिटि एमजेएफ लायन्स सन्जय जैनको परिवारले भेरी अस्पताल हाताभित्र शुद्ध खाने पानी उपलब्ध गराउन सहयोग गरेका छन् ।

बुधबार करिव १ लाख ८० हजार रकम मुल्य बराबरको वाटर प्युरीफाई मसिन जडान गराई सहयोग गरेका हुन् ।

अन्जनी माता रसोई भान्सा घरमा खाना खाने सर्वसाधारणलाई पीउनेपानीको समस्या देखिएपछि तातो चिसो पानी पीउने ब्यवस्था मिलाई दिएका छन् ।

महामारीमा अस्पतालमा स्वास्थ्य उपचार गराउन भेरी अस्पताल हाताभित्र पुग्नेहरुलाई समेत स्वच्छ पानी पीउन पाउन भन्ने उदेश्यले जैन परिवारले आमा स्व.सावित्री देवि जैनको सम्झनामा बुधबार अस्पतालका मेसु डा.प्रकाश थापाको उपस्थितिमा प्युरिफाई मेशिन हस्तान्तरण गरेका हुन् ।

यस क्षेत्रमा जडीबुटी ब्यवसाय गरिरहनुभएका जैन परिवारले कोरोना महामारीमा समेत सामाजिक कार्यमा निरन्तर सहयोग जारी राखेका छन् ।

प्रकाशित मिति : २०७८ जेठ १२ गते बुधबार
ताजा समाचार