२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

खजुराका १०४ किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर बितरण



खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले कृषि क्षेत्रमा नयाँ आयाम ल्याउन कृषि शाखा मार्फत ५० प्रतिशत अनुदानमा किसानलाई पावर टिलर वितरण गरेको छ ।

खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहमा आवद्व भएका र नभएका साना तथा व्यावसायिक कृषक १०४ जनालाई सोमबार गाउँपालिकाको केन्द्र बी गाउँमा आयोजित एक कार्यक्रममा मिनी पावर टिलर वितरण गरिएको हो ।

खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कृषि शाखा प्रमुख पुनम पोखरेलले किसानलाइ पावर टिलर संयुक्तरुपमा वितरण गरेका हुन ।

सो अवसरमा बोल्दै पालिका प्रमुख कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउने बताए । उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंकसंग सहकार्य भैरहेको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख एकमाया विकले प्राप्त गरेका कृषि उपकरणको सही सदुपयोग गरि कृषिमा आत्मनिर्भर हुन आग्रह गरिन । साथै उनले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताईन ।

कृषि शाखा प्रमुख पुनम पोखरेलका अनुसार कृषकको ५० प्रतिशत २६ हजार २५० र बाँकी ५० प्रतिशत पालिकाको लगानीमा अपनत्व हुने गरि कृषियन्त्र वितरण गरिएको बताइन ।

 

प्रकाशित मिति : २०७७ कात्तिक २४ गते सोमबार
ताजा समाचार