सदरलाइनडटकम,
जानकी (बाँके) : जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित भएको छ । गत असार १० गते उपाध्यक्ष भूमिसरा धितालले बजेट अधिवेशन तथा आठौं गाउँसभामा प्रस्तुत गरेको बजेट मंगलवार बसेको सभाले पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष अस्वस्थ भएका कारण उपाध्यक्ष धितालको सभाध्यक्षमा बसेको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले निर्णयार्थ पेश गरेको बजेट सर्वसहमतिले पास भएको थियो ।
गाउँसभामा बजेटको वारेमा वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं.३ का अध्यक्ष बिन्देश्वरी बर्मा, वडा नं.४ का अध्यक्ष बिश्रामकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष रमेश बर्मा, वडा नं. ६ का अध्यक्ष सुरेश यादव, कार्यपालिका सदस्य धर्मा थापा, राजकुमार धोबी र टीकाराम सुनारले भाग लिँदै सुझाव दिएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा जानकी गाउँपालिकाको ५९ करोड ५६ लाख ८२ हजार ८० रुपैयाँ रहेको छ ।
