२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लकडाउन उल्लंघन गर्नेलाई पाँच हजार जरिवाना



सदरलाइनडटकम,
म्याग्दी : कोराना भाइरसको सम्भावित संक्रमणबाट जोगिन म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ ।
सीमामा रहेको म्याग्दीको मंगला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जितबहादुर खत्रीलगायत जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा पाँच हजार रुपैयाँ जरिवानासहित आफ्नै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको मंगला गाउँपालिकाका योजना शाखाका कर्मचारी सिजन रोकाले जानकारी दिए ।
म्याग्दीको मंगला र बाग्लुङको ताराखोला गाउँपालिकाले दुईवटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई क्वारेन्टाइन र पाँच हजार नगद जरिवाना गर्ने निर्णय भएको मंगला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत २६ गते बुधबार
ताजा समाचार