२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोहलपुर डेरी एशोसियसनद्वारा क्वारेन्टाईनमा बसेकालाई खिर



सदरलाइनडटकम,
कोहलपुर (बाँके) :  कोबिड –१९ नोबल कोरना भाईरसको सक्रमणबाट जोगाउन कोहलपुर नगरपालिकाद्वारा वडानं. १४ को हवल्दारपुरमा सञ्चालनमा रहेको क्वारेन्टाईनमा बस्दै आएका ६७ भारतीय नागरिकलाई शनिबार खिर खुवाईएको छ । कोहलपुर डेरी एशोशियसनले क्वारेन्टाईनमा बसेका उनीहरुलाई खिर खुवाएको हो ।

दुग्ध विकास संस्थान पिपिरीको सहयोग तथा कोहलपुर डेरी एशोशियसनको ब्यवस्थापनमा क्वारेन्टाईनमा बसेका उनीहरुलाई खिर खुवाईएको कोहलपुर डेरी एशोशियसनका महासचिव सन्तोष पौडेले जानकारी दिए ।

सो अवसरमा कोहलपुर नगरपालिकाका उपमेयर सञ्जु कुमारी चौधरी, दुग्ध विकास संस्थान पिपिरीका सञ्चालक समिति अध्यक्ष रेणुका खड्कालगायतको उपस्थितीमा क्वारेन्टाईनमा बस्दै आएका भारतीय, सुरक्षाकर्मीलगायतलाई खिर खुवाईएको महासचिव पौडेलले बताए ।

प्रकाशित मिति : २०७६ चैत ३० गते आइतबार
ताजा समाचार