२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

साकाहारी लक्षित ‘यम्मी बाईट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्ट’ सञ्चालनमा



सदरलाइनडटकम,नेपालगञ्ज : साकाहारी (भेजटेरियन) लाई लक्षित गरी नेपालगञ्जमा रु १ करोडको लगानीमा बिहिवारदेखि ‘यम्मी बाईट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्ट’ सन्चालनमा ल्याईएको छ ।

 युवा व्यवसायी चिरञ्जीवि ओली र प्रमोद गुप्ताको लगानीमा नेपालगन्जको सेतु विक  चोकमा सो रेष्टुरेन्ट सन्चालनमा ल्याईएको हो ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र सञ्चालक गुप्ताका पिताले रेष्टुरेन्टको उद्घाटन गरेका हुन ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष मन्सुरीले नेपालगन्जमा नयाँ नयाँ रेष्टुरेन्ट सन्चालनले शहरको गरिमा बढाएको दाबी गरे । संघका महासचिव समेत रहेका ओलीले रेष्टुरेन्टमा बेकरी र भेज आईटममा सम्पूर्ण परिकार पाइने बताए ।

रेष्टुरेन्टमा १३ जनाले रोजगारी पाएका छन् । उद्घाटनका अवसरमा नेपालगन्जका विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७६ फागुन २९ गते बिहीबार
ताजा समाचार