२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

आर्थिक विकासका लागि उद्यमशिलतामा जोड



सदरलाइनडटकम,
दाङ : नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले देशको आर्थिक विकासका लागि उद्यमशिलताको आवश्यकता रहेको बताएका छन् । आन्तरिक राजस्व विभाग काठमाण्डौ, तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं दाङ जिल्ला उद्योग वाणिज्य संघको सहआयोजनामा शुक्रवारदेखि दाङको घोराहीमा शुरु भएको कर सम्वन्धी तालिमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।
उद्यमशिलताको विकासका लागि निजी तथा सरकारी क्षेत्र सहकार्य गरेर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ । उनले राज्यले नीति र वातावरणको सृजना गरिनु पर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले देश चलाउने राजस्व तिर्ने व्यवसायी तथा उद्यमीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारीले व्यवसायीहरुलाई राज्यको नीतिवारे जानकारी नहुँदा ठुलो समस्या हुने गरेको बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख लिलाराज शर्माले पछिल्लो समयमा आयात घटेको बताए ।

प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रबार
ताजा समाचार