२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

अदालतका कर्मचारी अख्तियारको फन्दामा



सदरलाइनडटकम,
रुकुम पश्चिम : घुस माग्ने रुकुम पश्चिमका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायब सुव्बा रमेशकुमार खड्कालाई सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।
आयोगलेका प्रवक्ता प्रदिपकुमार कोइरालाले निकालेको विज्ञप्ति अनुसार अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटकपटक मोलमोलाई गरी ६० हजार रुपैयाँ खड्काले माग गरिरहेका थिए ।
घुस रकम बार्गेनिंग गरी अन्तिममा १५ हजार नदिइकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुःख दिइरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार सेवाग्राहीबाट १५ हजार घुस वापतको रकम माग गरिरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका १ खलंगास्थित जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७६ कात्तिक २५ गते सोमबार
ताजा समाचार