२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

समाज रुपान्त्रणका लागि प्रविधि आवश्यक : मन्त्री भण्डारी



सदरलाइनडटकम,
वीरेन्द्रनगर (सुर्खेत)  : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले विज्ञान र प्रविधिको उच्च प्रयोगले मात्रै समाजको रुपान्त्रण संभव भएको बताएका छन् ।

इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा आइतबार वीरेन्द्रनगरमा सुरु भएको सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम बिषयक कार्यशालाको उदघाटन गर्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन ।

उनले राजनीतिज्ञले जहिले पनि प्रविधि र सूचनाको प्रयोग गर्नुपर्ने कुरामा जोड दिदै भने–‘अहिलेको युग सूचना र प्रविधिको युग हो । यसको अधिकतम प्रयोग गर्न सके समाजलाई सजिलै रुपान्तरण गर्न सकिन्छ । त्यसका लागि प्रविधिमैत्री बन्न जरुरी छ ।’

उनले विश्वलाई सूचना तथा प्रविधिले एक गाउँमा रुपान्तरण गरेको बताउँदै समाजलाई ड्राइभ गर्ने जनप्रतिनिधिहरुले सूचना र प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने बताए ।

युएनडिपीको संसद सहयोग परियोजनाले आयोजना गरेको दुइ दिने कार्यशालामा कर्णाली प्रदेश सभाका १६ जना सदस्यहरुको सहभागिता रहेको छ ।

सञ्चार विज्ञ लक्ष्मण दत्त पन्त तथा मल्टिमिडिया विज्ञ रजनीश भण्डारीले सहजिकरण गरिरहेका छन् ।

प्रकाशित मिति : २०७६ मंसिर १ गते आइतबार
ताजा समाचार