जानकी गाउँपालिकाको वार्षिक समिक्षा

  
  प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६       | 30 Views   ||

सदरलाइनडटकम,
जानकी, (बाँके) :  बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा भएका कार्यको आईतवार वार्षिक समिक्षा गरेको छ ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष रामनिवास यादवले विभिन्न समस्याका वावजुद् पनि अधिकांश विकास निर्माणका योजना सम्पन्न भएको बताउँदै चालु आर्थिक वर्षमा थप उपलब्धी हासिल हुनेगरी काममा खट्न कर्मचारीलाई निर्देशन दिए ।
कर्मचारी र जनप्रतिनिधिबीचको आपसी समन्वय र सहकार्यले मात्रै गाउँपालिकाको विकास र समृद्धि हासिल हुने बताउँदै उनले कार्यक्षेत्रमा दत्तचित्तका साथ लाग्न सबैलाई आग्रह गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले गत आर्थिक वर्षको कमी कम्जोरीलाई सच्चाउदै चालु आर्थिक वर्षमा उपलब्धि हासिल गर्न समिक्षा बैठकले सहयोग गर्ने बताए ।
कार्यक्रममा गाउँपालिका अन्तर्गतका शिक्षा युवा तथा खेलकुद शाखा, भौतिक पूर्वाधार एवम् प्राविधिक शाखा, कृषि, पशुसेवा, आर्थिक प्रशासन शाखाका संयोजकहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६     7:29:18 PM  |