२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

पेस्तोल ताकेर धम्क्याउने दाङबाट पक्राउ



सदरलाइनडटकम,
दाङ : दाङको बंगलाचुली गाउँपालिका, मूलटापा गाउँबाट प्रहरीले एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । स्थानीय ३० वर्षीय शिवबहादुर विकलाई शनिवार बिहान कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रक्सी खाएर स्थानीय होटलमा बास बसेकाहरुलाई पेस्तोल निकालेर ‘मार्छु भनी ताकेर हान्न खोजेको’ भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिबार
ताजा समाचार