२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

नेपालगञ्जमा लागत भन्दा कममा बस खरीद



सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले लागत स्टिमेट भन्दा साँढे चार लाख रुपैयाँ कममा यात्रु बस खरीद गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको विशेष सक्रियतामा लागत स्टिमेट भन्दा कम रकममा बस खरीद गरिएको हो । लेखा अधिकृत राजन केसीका अनुसार, सार्वजनिक खरीद ऐनका सम्पूर्ण प्रक्रिया पुरा गरि बस खरीद गरिएको हो ।
सानो तीनवटा बस एक करोड २९ लाख ७४ हजार ७०० र ठुला चारवटा बस दुई करोड १५ लाख ७६ हजार रुपैयाँमा खरीद गरिएको हो । बस खरीदका लागि लागत राष्ट्रिय पत्रिकामा ईबिडिङ्ग सार्वजनिक सूचना प्रकाशन गरिएकोमा सिप्रदी टेडिङ्गले टेण्डर प्राप्त गरेको हो । २०७५ साल पुष २६ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपमहानगरपालिकाले लक्षित वर्गलाई दृष्टिगत गरि कार्यक्रम संचालन गर्न साझेदारी विकास कार्यक्रम अन्तर्गत विपन्न वर्गसँग स्थानीय सरकार सहितको कार्यक्रम संचालनका लागि बजेट माग गरिएको थियो ।
विशेष अनुदानअन्तर्गत गाउँ नगर साझेदारी कार्यक्रम संचालन गर्नका ५ करोड अनुदान प्राप्त भएको हो । उपमहानगरपालिकाले गठन गरेको साझेदारी विकास कार्यदलले ठुला चारवटा र मझौला तिनवटा बस खरिद गर्ने निर्णय चैत १३ गते गरेपछि बोर्डले स्वीकृत गरेको हो । कार्यपालिकाको निर्णय अनुसार, विद्युतीय खरीद प्रर्णाली सञ्चालित निर्देशिका २०७४ अनुसार ई–विडिङ्ग गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमबार
ताजा समाचार