२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

आर्थिक गणनाको नतिजामाथि छलफल



सदरलाइनडटकम,
नेपालगञ्ज  : केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा बाँकेमा सार्वजनिक गर्दै सो नतिजाको बारेमा सरोकारवालासँग छलफल गरेको छ । विभागले केहीदिन अघि काठमाण्डौमा नतिजा सार्वजनिक गरेको थियो ।
बिभागले जिल्लातहमा बाँकेबाट पहिलोपटक नतिजा सार्बजनिक गर्नुको साथै सेवाग्राहीसंग छलफल गरिएको केन्द्रीय तथ्याङ्क बिभागका आर्थिक गणना शाखाका निर्देशक अनिल शर्माले जानकारी दिए ।
तथ्यांक विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७५ को प्रतिवेदन अनुसार देशभर सञ्चालनमा रहेका प्रतिष्ठानहरुको संख्या ९ लाख २३ हजार ३ सय ५६ रहेकोमा बाँकेमा मात्र १८ हजार ६ सय ६६ व्यावसायिक प्रतिष्ठान रहेको उल्लेख छ ।
देशभरमा रहेका ती प्रतिष्ठानले ३२ लाख २८ हजार ४ सय ५७ रोजगारी सिर्जना गर्दा कुल रोजगार मध्ये पुरुषको संख्या २० लाख १२ हजार २ सय ३७ र महिलाको संख्या १२ लाख १६ हजार २२० रहेको उल्लेख छ ।
बाँकेमा रहेका व्यावसायिक प्रतिष्ठानमा ६४ हजार ८ सय ८२ जनाले रोजगारी पाएको उल्लेख गरेको छ । रोजगारी पाउनेमा ४४ हजार ३ सय ३३ जना पुरुष र २० हजार ४९ जना महिला रहेका छन् ।
कार्यक्तममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले तथ्याङ्ग संकलन गर्दा सहि सूचना नदिने प्रबृत्तिको कारणले केही कठिनाई भएको उल्लेख गर्दै तथ्याङ्क संकलन गर्दाको महत्वको बारेमा प्रतिष्ठान सञ्चालकलाई बुझाउन सक्नु पर्ने सुझाव दिए । तथ्यांक विभागका निर्देशक शर्मा र कार्यालय बाँकेका पोमनारायाण पौडेल सरोकारावाला निकायका प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मिति : २०७६ असार २२ गते आइतबार
ताजा समाचार