२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

‘प्रदेश सरकारकोे कृषि क्षेत्रलाई यान्त्रिकरण गर्ने योजना छ’



सदरलाइनडटकम,
नेपालगञ्ज  :  पाँच नम्बर प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशलाई सम्बृद्ध बनाउने उद्देश्यले किसानलाई कृषि यत्रसंग जोड्दै लगिने बताएकी छन् । कृषि ज्ञान केन्द्र बाँकेले नेपालगन्जको जमुनाहमा आयोजना गरेको कृषि यन्त्र हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन ।
उनले प्रदेशको समृद्धिको लागि कृषिलाई प्राथामिकतामा राखेर प्रदेशको पहिलो बजेटले नै किसानलाई यन्त्रसंग जोड्नको लागि कृषिको बजेट ३० करोड बजेट विनियोजन गरेको बताईन ।
उनले भनिन–‘ केन्द्र सरकारले कृषि यत्रिकरणको लागि मुस्किलले देशभरका किासनका लागि १०–१२ करोड छुट्टउने गरेकोमा प्रदेशको तर्फबाट पहिले पटक ३० करोड कृषि यत्रको लागि बजेट छुट्टाईएको हो । प्रदेश सरकार कृषि क्षेत्रलाई सम्मान गर्दै किसानलाई यन्त्रसंग जोड्न चाहान्छ ।’
मन्त्री पौडेलले प्रदेशका १२ वटै जिल्लाबाट किसानलाई यन्त्रसंग जोड्नको लागि आवेदन माग गर्दा १५ हजार ३४ किसानबाट आवेदन आएको भएपनि २ हजार २ सय ३३ जनालाई मात्र जोड्न सकेको जानकारी दिईन ।
पाँच नम्बर प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना शाखा प्रमुख बिनोद घिमिरेले प्रदेशका १२ वटै जिल्लाका किसान तथा कृषि समुहलाई छनौट गरी किसानको माग अनुसार कृषि औजार वितरण गरिएको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बाँकेका १७८ र बर्दियाका १६७ किसान तथा कृषि समुहलाई घाँसकाट्ने, आलुरोप्ने, कम्बाईन हारबेस्टर, रोटावेटर, थ्रेसर, धान र गहु काट्ने लगायतका ९० प्रकारका कृषि यन्त्र वितरण गरिएको जनाकारी दिए ।
प्रदेश सरकारले सानो त्रन्त्रमा ७५ प्रतिशत र ठूलो यन्त्रमा ५० प्रतिशत अनुदानमा उपलब्ध गराईएको ज्ञान केन्द्रका प्रमुख ढकालले बताए ।
सो अवसरमा कृषि यन्त्र आयातकर्ता सन्तोस कुमार साहु, किसान ईब्रँहिम खाँ, टंककुमारी थापालगायतले मन्त्री पौडेलसंग मन्त्रयालले दिने सेवा सुविधाको बारेमा जिज्ञासा राखेका थिए ।  

प्रकाशित मिति : २०७६ असार १४ गते शनिबार
ताजा समाचार