२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

सुजुकीको नयाँ स्कूटरको बजार प्रवर्ध्दन गरिँदै



सदरलाइनडटकम,
नेपालगञ्ज : सुजुकी स्कूटर तथा बाईक नेपालगञ्जको आधिकारिक बिक्रेता नेपाल ट्रेड इन्टरनेशनलले बजार प्रवर्ध्दनका लागि बुधवार नेपालगञ्जमा र्याली गर्दैछ ।
लामो समयदेखि जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटरको नेपालगञ्जमा बिक्री बितरण गरिरहेको नेपाल ट्रेड इन्टरनेशनलले नेपालगञ्जमा रहेको आफ्नो सुजुकी शोरुमबाट बिहान साढे ११ बजे पत्रकार सम्मलेनसहित सुजुकी स्कूटर बर्गम्यान १२५ सीसी र्याली तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।
साथै नयाँ सुजुकी स्कूटर बर्गम्यान खरिद गर्ने ग्राहकलाई चाबी हस्तान्तरण गर्ने नेपाल ट्रेड इन्टरनेशनलका निर्देशक पुष्कल नेपालले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ पुस २४ गते मंगलबार
ताजा समाचार