२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

‘प्रदेश ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने’



सदरलाइनडटकम,
दाङ : प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी सोनामले प्रदेशका १२ वटै जिल्लाका बासिन्दालाई पायक पर्ने ठाउँमा तोक्ने बताएका छन् । दाङको शान्तिनगर गाउँपालिकाको आयोजनामा बुधवारदेखि शुरु भएको अध्यक्षकप रनिङ्शील्डको उद्घाटन गर्दै उनले प्रदेशका १२ वटै जिल्लाका नागरिकललाई न्याय हुने गरि तोक्ने बताए ।
अहिले प्रदेशको राजधानीका नाममा प्रदेशलाई टुक्राउने षडयन्त्र भईरहेको बताउँदै उनले शान्तिनगर गाउँपालिकाको केन्द्र पनि गाउँपालिकाका ७ वटै वडाका नागरिकलाई पायक पर्ने ठाउँमा राख्न सुझाव दिए ।
गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि प्रदेशसभा सदस्य उत्तरकुमार वली, नेकपाका नेता भिमबहादुर वली, दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगी, शान्तिनगर गाउँपालिका वडा नं. ७ का अध्यक्ष पिमलाल वली लगायतले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधबार
ताजा समाचार