२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

‘पूर्वाग्रही प्रतिवेदन मन्य हुँदैन’



सदरलाइनडटकम, 
नेपालगन्ज   : पूर्व एमाले बाँकेका पदाधिकारीले जिल्लामा पार्टी एकताको विषयलाई लिएर प्रदेश स्तरिय कार्यदलको सिफारिसलाई नमान्ने चुनौती दिदै केन्द्रको ध्यानाकर्षण सहित चार बुँदे सुझाव केन्द्रमा पठाएका छन् ।
एमाले बाँकेका तत्कालिन उपाध्यक्ष निरक गुरुङ्ग, सचिव रत्न खत्री र उप–सचिव प्रमोद धितालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा जिल्लाको पार्टी एकीकरण पद्दती बिधान विपरित भएको आरोप लगाएका छन् ।
आईतबार मात्र सार्वजनिक गरिएको सो ध्यानाकर्षण पत्र गत भदौ १ गते शुक्रबार पार्टीका उपलब्ध भनिएको पदाधिकारी र जिल्ला कमिटी सदस्यको उपस्थितिमा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ्गको अध्यक्षतामा बसेको बैठकले सो सुझाव दिने ठहर गरेको हो ।
सो बैठकले पार्टी अध्यक्षलाई सम्बोधन गरी पठाएको ध्यानाकर्षण पत्रमा पार्टी एकीकरणको लागि सिफारिस गर्न बनेको प्रदेश स्तरिय कार्यदलले कुनै पनि छलफल नै नगरि तथा तत्कालिन जिल्ला कमिटीबाट अनुमोदन नै नगरी सिफारिस गरिएको बुँदा नं १ मा उल्लेख गरिएको छ ।
यसैगरी एकीकृत पार्टीको पदाधिकारी चयन सम्बन्धमा मौजुदा जिल्ला कमिटीको पार्टी विधि विधान र स्थापित मान्यताको आधारमा हुनुपर्ने, पार्टीको सांगठानिक अवस्थाको आधारमा जिल्लाको नेतृत्व पूर्व एमालेले लिनु पर्ने बुँदा नं. २ र ३ मा उल्लेख गरिएको छ ।
बुँदा नं.४ मा पार्टीका विधान र पद्धती परम्परा विपरित पार्टी कमिटीसंग कुनै पनि छलफल तथा परामर्श नगरी मनोगत, आत्मकेन्द्रीत र गुटगत मानसिकताबाट प्रेरित भएर प्रदेश नं. ५ को कार्यदलले पार्टी महासचिवलाई बुझाएको पूर्वाग्रही प्रतिबेदन मान्य नहुने जानकारी गराईएको छ ।

प्रकाशित मिति : २०७५ भदौ ३ गते आइतबार
ताजा समाचार