२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

भारतको उत्तराखण्डमा बस दुर्घटना : ४५ को मृत्यु



काठमाडौं : भारतको उत्तराखण्डमा भएको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। उत्तराखण्डको कोटद्वारस्थित धुमाकोट पिपली भौन सडक खण्डमा बस भीरबाट खोलामा खस्दा ४५ जनाको मृत्यु भएको पुष्टि भएको भारतीय पत्रिका अमरउजालाको अनलाइन संस्करणले जनाएको छ।

आइतबार बिहान पौने ९ बजे युके १२सी ०१५९ नम्बरको बस भीरबाट खसेको समाचारमा जनाइएको छ। २८ सिट रहेको बसमा ५० भन्दा बढी यात्रु रहेको समाचारमा जनाइएको छ।

घाइतेहरूलाई अस्पताल लगिएको छ।

(अन्नपूर्णबाट)

प्रकाशित मिति : २०७५ असार १७ गते आइतबार
ताजा समाचार