२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

राधापुरमा बालबिवाहबिरुद्ध सक्रिय हुँदै बालक्लव



सदरलाइनडटकम
३ असार, खजुरा (बाँके) : सामाजिक कलंकको रुपमा रहेको बालविवाहका बिरुद्धः बाँकेको खजुरा गाउपालिका वडा नं. १ राधापुरमा बालक्लब सञ्ंजालमा आवद्ध बालबालिकाहरु सक्रिय हुदै आएका छन् ।
खजूरा गाउँपालिकाको सहयोगमा समृद्धिका पाईला बाँकेले राधापुरमा आयोजना गरेको बाल बिवाहबिरुद्धको चेतनामुलक कार्यक्रममा सहभागी बालबालिकाहरुले राधापुरलाई बालविवाह मुक्त वडा बनाउन बाल क्लबमा आवद्ध सम्पूर्ण बाल बालिकाले घरदैलो अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
राधापुरमा रहेका ८ वटा टोलमा टोलस्तरीय बालक्लब र वडास्तरमा पनि वडास्तरीय बालक्लबमा आवद्ध भएका राधापुरका बालबालिकाहरु सो अभियानलाई प्रत्येक टोल–टोलमा सचेतना फैलाउदै पुर्याउने छन् ।
वडा अध्यक्ष सुमन मल्लले उद्घाटन गरेको कार्यक्रममा बालक्लब सञ्जाल राधापुरका अध्यक्ष सुशील गुरुङ्गले बालक्लबमा आवद्ध भएपछि आफुहरुको क्षमता बिस्तार भईरहेको भन्दै बाल बिवाह मुक्त वडा निर्माणमा प्रचारात्मक सामाग्री सहित क्लबका सदस्यहरु घरघरमा पुगी जनचेतना फैलाउने बताए ।

प्रकाशित मिति : २०७५ असार ३ गते आइतबार
ताजा समाचार