सदरलाइनडटकम
२१ जेठ, नेपालगन्ज : बाँके निवासी अर्थशास्त्री कृष्णकुमार लम्साल प्रदेश नं ५को राजश्व परामर्श समितिको सदस्यमा मनोनित भएका छन् । त्रिभुवन बिश्वबिद्यालय अर्थशास्त्रका सह–प्राध्यापक लम्सालाईलाई राजश्व परामर्श समितिमा मनोनित गरिएको हो ।
अर्थशास्त्रमा दखल राख्ने लम्साललाई राजश्व परामर्श समितिको सदस्यमा मनोनित गरे पनि प्रदेश सरकारको दायरामा आउने करहरुको व्यवस्थापनमा सहजिकरणको भुमिका निभाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
