२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

उपमहानगरपालिकालाई कर नतिर्ने वाणिज्य संघको धम्की




सदरलाइनडटकम
१४ जेठ, नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगनज उपमहानगरपालिकालाई व्यवसायिक कर नतिर्ने धम्की दिएको छ । नयाँ उद्योग दर्ता गर्दा पुरानो कर समेत लिन थालेको भन्दै संघले सोमबार निर्णय नै गरेर कुनै पनि प्रकारको कर नतिर्न उद्योग व्यवसायीलाई आग्रह गरेको हो ।
उक्त निर्णयले अधिकार सम्पन्न स्थानीय तहलाई संघले चुनौती नै खडा गरिदिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले करको भारी धेरै भएका कारण आफुहरु मर्कामा परेको बताए । उनले संघको निर्णय कार्यान्वयन गरिने पनि बताए ।
तर यता नेपालगन्ज उपमहानगरपालिकाले धेरै पटक छुट सहितका योजनाहरु अघि सार्दा समेत व्यवसायीहरुले टेरेका थिएनन् । ३० प्रतिशतदेखि ८० प्रतिशतसमम छुट दिंदा समेत व्यवसायीहरुले चासो नदिएको उपमहानगरपालिकाले बताएको छ ।

प्रकाशित मिति : २०७५ जेठ १४ गते सोमबार
ताजा समाचार