हावाहुरी र असिनाले बर्दियाको बेलुवा कृषि फर्ममा ३० लाखबढीको क्षति

११ जेष्ठ २०७५, शुक्रबार ११:२५
 

सदरलाइनडटकम
११ जेठ, नेपालगन्ज  : केही दिन अघिको हावाहुरी र असिनाले बर्दियाको बाँसगढी नगरपालिका–२ बेलुवा बनमुडुवामा रहेको बेलुवा बहुउद्देशीय कृषि फार्म प्रालिको करिव ४ हजार ५ सय बर्गमिटरको ग्रीन नेट हाउस ध्वस्त पारेको छ ।
सो कृषि फर्मका सञ्चालक लक्ष्मीराज अधिकारीले गत बैशाख २१ गते आएको हावाहुरी सहितको असिना पानीले आफुहरुलाई ठूलो क्षति पु¥याएको गुनासो गरे । उनले भने–‘दुई ठाँउमा निर्माण गरिएको ग्रीन नेट हाउस २ हजार ५ सय र २ हजारको गरी ४ हजार ५ सय वर्गमिटरको सबै ध्वस्त पारेको छ ।’
उनले ग्रीननेट हाउस उडाएर फालिदिदा फलेर बजारमा पठाउन तयार पारिएको काँक्रा, खुर्सानी, लौका, करेला र टमाटर सबै नष्ट भएको जानकारी दिए । जनता मावि बेलुवा बर्दियाको ८ विगाह जमिन १० वर्षको लागि भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु गरेका हुन ।
उनले हावा हुरीले ध्वस्त पारेको ग्रीननेट हाउसको मर्मत गरेर सञ्चालनमा ल्याउन र सो ग्रीनहाउसमा पुनः खेती गर्नको आवश्यक विउ विजनको लागि आफुहरुलाई ३० लाख जति आवश्यक पर्ने बताए । उनले तीन जना सञ्चालकको करिव सवा करोड लगानी भई सकेको बताए ।
२८ लाखबाट काम गर्न सुरु गरेका उनीहरुको हालसम्म सवा करोड बढी लागनी भईसकेको अर्का सञ्चालक लबेन्द्र बिक्रम शाहीले जानकारी दिए । उनले ५ हजार लिटरको रिजर्व टंकीबाट थोपा सिचाई प्रविधिको प्रयोग गरेर व्यवासायिक कृषि फर्म सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले आफ्नो व्यावसाय सञ्चालनको लागि साना तथा मझौला कृषक आयस्तर बृद्धि (रिजम) आयोजनाले सुरुमा २९ लाख ७७ हजार ७ सय ३८ लगानी दिने सम्झौता भएपनि २३ लाखमात्र दिएपछि आफहुरुलाई थप आर्थिक भार परेकै बेलामा प्रकृतिले पनि आफुहरु माथि नै बज्रपात गरेको गुनासो गरे ।
उनले हावाहुरी लगत्तै बाँसगढी नगरपालिका नगर कृषि शाखामा सम्पर्क गरेर जानकारी दिएको र नगरपालिकाका मेयर शालिकराम अधिकारी सहितको अनुगमन टोलीले अनुगमन र मुचुल्का गरिएको जानकारी दिए । उनले सरकारले व्यावसायिक रुपमा कृषि कार्य गर्ने किसानलाई सहुलियत ऋण दिने तथा दैविविपत्तिबाट नोक्सानी व्यहोरेका किसानलाई उनीहरुको व्यावसाय सञ्चालनको लागि राहत उपलब्ध गराउनु पर्ने माग राखे ।
उनले बेमौसमी तरकारी बजारमा पठाउन तयारी अवस्थामा हुँदै गर्दा एक्कासी आएको प्राकृतिक विपत्तीले आफुहरुलाई ऋणको भारी मात्रै थपिएको बताए । गत वैशाखमा आएको हावाहुरी सहितको असिनाले बाँके र बर्दियामा करोडौको क्षति पु¥याएको छ ।   

Next Post

चल्ला उत्पादन क्षमता बिस्तार गर्दै कुखुरा विकास फार्म

११ जेष्ठ २०७५, शुक्रबार ११:२५
सदरलाइनडटकम ११ जेठ, नेपालगन्ज :  कुखुरा विकास फार्म खजुरा, बा“केले स्थानीय जातको कुखुरा जस्तै लाग्ने ‘न्यूह्याम्पसायर’ र ‘अस्ट्रोलोप’ जातको कुखुराको चल्लाको मात पुरा गर्नका लागि उत्पादन क्षमता बढाउने भएको छ । उसले आगामी साउन महिनादेखि झण्डै साढे तीन लाख चल्ला उत्पादन गर्ने लक्ष्य सहित ह्याचरी मेशिनको क्षमता बृद्धि गर्दै छ […]