सदरलाइनडटकम
९ जेठ, नेपालगन्ज : अत्याधिक गर्मीका कारण बाँकेमा बसोबास गर्ने सर्बसाधारणहरुको जनजिवन कष्टकर बनेको छ । सर्वसाधारणहरु गर्मीका कारण आहत बनेका छन् ।
केही दिनदेखि नेपालगन्ज लगायत आसपासका ठाउँमा अत्याधिक गर्मी चर्किएको पछि सर्बसाधारण मर्कामा परेका हुन । गर्मीका कारण बिद्यार्थी, शिक्षकदेखि काम गर्ने मजदुरहरु सबैभन्दा धेरै समस्यामा परेका छन् । केहीदिन देखि नेपालगन्जको तापक्रम ३५ देखि ४२ डिग्रीसम्म पुगेको छ ।
एकातिरको चर्को गर्मी अर्कोतर्फ बिद्युत गइरहने समस्याले यहांका सर्बसाधारणहरु वाक्क दिक्क भएका छन् ।


