सदरलाइनसडकम
२१ चैत, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले एकल तथा द्धन्द्धपीडित महिलाहरुलाई आज सम्मान गरेको छ । सिर्जनशिल आमा समुहको अगुवाईमा १२ जना महिलाहरुलाई नगद सहित सम्मान गरिएको हो ।
वडा सदस्य तरुण बज्राचार्यका अनुसार महिलाहरुलाई समाजमा हौसला बढाउन र उनीहरुलाई मुलधारमा ल्याउनका लागि सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षतामा समुहकी अध्यक्ष इता शर्माले गरेकी थिइन भने प्रमुख अतिथी वडा अध्यक्ष बुद्धिसागर सुवेदी थिए ।
