नेपालगन्जमा युवाका लागि कान्तिपुर न्यु लाइफ स्टाईल सुरु

२८ फाल्गुन २०७४, सोमबार ११:२२
 

सदरलाइनडटकम
२८ फागुन, नेपालगन्ज : छाटो समयमा नै आफ्नो व्यवसायलाई उचाइमा पु¥याउन सफल कान्तिपुर कलेक्सनले आफ्नो नयाँ व्यवसाय थप गरेको छ । युवा वर्गलाई लक्षित गरी उनीहरुको आकर्षण बढाउन कान्तिपुर न्यु लाइफल स्टाइल फेन्सी आइटम सहित व्यवसाय सुरुवात गरेको हो ।
सोमबार कान्तिपुर कलेक्सनका प्रोपाइटर बिमल ढाकालले दैनिक रुपमा व्यवसाय विस्तार गर्ने क्रममा युवा वर्गलाई धेरै ठाउँमा धाउने बाध्यताको अन्त्य गर्न युवा लक्षित व्यवसाय सुरु गरेको जानकारी दिए । उनले परिवर्तित समय र युवाको आकर्षण अनुसारको सामानहरु एकै ठाउँमा उपलब्ध गराउन न्यु लाइफ स्टाइलका नाममा फेन्सी व्यवुसाय सुरु गरेको बताएका छन् । युवाहरुको माग अनुसारका स्वदेशी तथा विदेशी तयारी पोशाकहरु राखिएको न्यु लाइफस्टाइलमा अन्य ठाउँमा भन्दा राम्रो र सहुलियतमा प्राप्त गर्न सक्ने ढकालको भनाइ छ ।



उनको नयाँ व्यवसायको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमालले संयुक्त रुपमा उद््घाटन गरेका थिए । केन्द्रीय सदस्य श्रेष्ठले छोटो समयमा नै ढकालले लगनशिलताका कारण सफलता प्राप्त गरेको भन्दै प्रशंसा गरे । साथै उनले स्वदेश मै मेहेनत गरmे जुनसुकै व्यवसायमा पनि सफल हुनसकिन्छ भन्ने उदाहरण ढकालबाट अरुले सिक्नुपर्ने धारणा व्यक्त गरे ।
उद्योग वाणिज्य संघका अध्यक्ष वैश्यले चमत्कारिक रुपमा युवा व्यवसायी ढकालले एकपछि अर्को सफलता हासिल गरेकोले बेरोगारीको समस्यामा परेका व्यक्तिहरुले उनीबाट सिक्नुपर्ने बताए । उनले व्यवसायीहरुका समस्या समाधानका लागि आफुहरु नेतृत्वमा रहेकाले ढुक्क वातावरणमा आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरे । यस्तै वडाअध्यक्ष सुनिलसिंह हमालले स्थानीय तहले पनि निजि क्षेत्रसँग सहकार्य गर्ने नीति लिएकाले समाज सुधारका लागि व्यवसायीहरको महत्वपूर्ण भूमिका हुने बताए ।
व्यवसाय उद्घाटनका क्रममा दुईजनाले सामान खरिद समेत गरेका थिए । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य श्रेष्ठ र नेपालगन्ज अध्यक्ष वैश्यले तयारी पोशाक खरिद गरी कारोबार सुरु गरेका हुन् । व्यवसायी ढकालले फेन्सी क्षेत्र मात्रै नभई इलेक्ट्रोनिक क्षेत्रमा समेत लगानी गरी स्थापीत भएका छन् ।    

Next Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

२८ फाल्गुन २०७४, सोमबार ११:२२
सदरलाइनडटकम   २८ फागुन, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। विमान बंगलादेशको जहाज धावनमार्गमा आगलागी भएको नेपाल प्रहरीका […]