२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

शिखर प्लाईको कारखाना ‘मोर्डन डोर्स एण्ड उड’मा भिषण आगलागी नियन्त्रण प्रयास जारी



सदरलाइनडटकम        
२९ फागुन नेपालगन्ज  : नेपालगन्जको औद्योगिक क्षेत्र परिसरमा रहेको मोर्डन डोर्स एण्ड उड प्रोडक्टसको कारखानामा आईतबार साँझ भिषण आगलागी भएको छ ।  आईतबार साँझ करिव ५ः ५० बजेतिर लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासिन्दा र दमकलको सहयोगले नियन्त्रणमा लिने प्रयास जारी छ ।
चर्चित शिखर प्लाईउडको उत्पादन हुने सो कारखानामा लागेको आगो धुँवा र आवस्यक अनुसारको दमकल नहुँदा नियन्त्रणमा लिन कठिन भएको छ । नेपालगन्जमा रहेको दमकलले मात्र आगो नियन्त्रणमा लिन कठिन भएपछि छिमेकी जिल्ला बर्दियाबाट समेत अर्को दमकल बोलाएर आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।
औद्योगिक क्षेत्रमा रहेको पानीको टंकीबाट आगो नियन्त्रणमा लिनको लागि आवश्यक पानी प्रयाप्त भएपनि दमकलको जस्तो आवश्यक औजारको कमीले गर्दा कठिन भएको उद्दारमा खटेका प्रहरीले जनाएका छन् । ‘एक्कासी आगो देखियो कसरी लाग्यो थाहै भएन’– नजिकै रहेका मजदुरले भने ।
सर्टसकिृट तथा प्लाईउड निर्माण गर्दा बोईलरबाट निस्केको आगोबाट कारखानामा आगो लागेको हुनसक्ने आशंका गरिएको छ । समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आउन नसकेको कारण क्षतिको यकिन हुन सकेको छैन् ।

प्रकाशित मिति : २०७३ फागुन २९ गते आइतबार
ताजा समाचार