युनियनले तीजको अवसरमा विभिन्न कार्यक्रम गर्ने

सदरलाइन संवाददाता १४ भाद्र २०८३, आईतवार १८:४२
 
समाचार सारांश
Generated Using AI
  • प्रेस युनियन बाँकेले पत्रकारका लागि भाद्र २७ गते नेपालगञ्जमा निःशुल्क मिर्गौला परीक्षण स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
  • स्व. पन्नालाल गुप्त स्मृति प्रतिष्ठान, सेन्ट्रल सिटी हस्पिटल र नेपाल पत्रकार महासंघ बाँकेको सहकार्यमा शिविर आयोजना गरिनेछ।
  • रसुवा बाढीप्रति दुःख व्यक्त गर्दै तिजका अन्य कार्यक्रम नगरी भाद्र महिनाभित्र महिला पत्रकारका लागि लेखनवृत्ति कार्यक्रम मात्र गर्ने निर्णय गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : प्रेस युनियन बाँकेले पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य शिविर तथा तिजको अवसरमा महिला पत्रकारहरुको लागि लेखन अभिवृद्धि कार्यक्रम गर्ने भएको छ ।

युनियन बाँकेको आइतबार बसेको कार्यसमितिको दोस्रो बैठकले पत्रकारहरुको लागि निःशुल्क मृर्गौला परीक्षण शिविर तथा महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा लेखनवृत्ति कार्यक्रम गर्ने निर्णय गरेको हो ।

अध्यक्ष कमल खत्रीको अध्यक्षतामा बसेको बैठकले युनियनका संस्थापक स्व.पन्नालाल गुप्त (चाचाजी) को जन्मजयन्तीको अवसरमा यही भाद्र २७ गते नेपालगञ्जमा पत्रकारहरुको लागि निःशुल्क मृर्गौला परीक्षण शिविर गर्ने तथा यही भाद्र महिनाभित्र तिजको अवसरमा महिला पत्रकारहरुको लागि लेखनवृत्ति कार्यक्रम गर्ने तय गरिएको सचिव भिष्म लोधले जानकारी दिए ।

स्व.पन्नालाल गुप्त स्मृति प्रतिष्ठान, सेन्ट्रल सिटी हस्पिटल, नेपाल पत्रकार महासंघ बाँकेको समन्वय सहकार्यमा स्वास्थ्य शिविर गरिनेछ । रसुवामा आएको बाढीका कारण संगो देश नै दुःखी भएको कारण हरितालिका तिजको अवसरमा गरिने अन्य कार्यक्रम नगरेर लेखनवृत्ति कार्यक्रम मात्र गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *