समाचार सारांश
- बास नेपालले बर्दियाको ठाकुरद्वारामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा २०८३/०८४ को योजना तर्जुमा कार्यशाला सम्पन्न गरेको छ।
- कार्यशालामा संस्थाका कार्यक्रम, उपलब्धि, चुनौती र प्रभावकारिताको समीक्षा गर्दै आगामी वर्षका शाखागत तथा परियोजनागत योजना तय गरिएको छ।
- सुशासन अभियान, लक्षित वर्गको सेवा पहुँच र सरोकारवालाबीचको समन्वयलाई आगामी दिनमा थप प्रभावकारी बनाउने निष्कर्ष निकालिएको छ।

नेपालगञ्ज : सुशासनको क्षेत्रमा क्रियाशिल बास नेपालको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यशाला बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।
बास नेपालका केन्द्रीय पदाधिकारी, सदस्यहरु र कर्मचारीहरुको सहभागितामा भाद्र ५ गते आर्थिक बर्ष २०८२/०८३ को समिक्षा र आर्थिक बर्ष २०८३/०८४ को बार्षिक योजना तर्जुमा गरिएको हो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको कार्यशालामा संस्थाले वर्षभरी गरेका संस्थागत कार्यहरु, परियोजना तथा कार्यक्रमहरुको प्रगतिका बिषयमा कर्मचारीहरुले प्रगति प्रश्तुतीकरण गरेका थिए । प्रश्तुतीकरण पश्चात संस्थाले गरेका कार्यक्रम, उपलब्धी र प्रभावकारीताका बिषयमा बृहत समिक्षा गरिएको थियो ।
बैठकले संस्थाले देश ब्यापी रुपमा सञ्चालन गरेको सुशासन अभियान, विभिन्न कार्यक्रम तथा परियोजना मार्फत विपन्न तथा लक्षित बर्गलाई सेवाको मुल प्रवाहमा ल्याउन भएका कार्यहरु, सरकार र सरोकारवालाहरु बिचको समन्वय र सहकार्य प्रभावकारी रहेको र आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडी बढाउदै लैजाने निष्कर्ष निकालेको थियो ।

समिक्षाको क्रममा बास नेपाल केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुले आआफ्नो कार्यक्रमको प्रगति, उपलब्धी र आगामी योजनाका बारेमा प्रश्तुतीकरण गरेका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यशालामा केन्द्रीय महासचिब कल्पना अधिकारीले स्वागत गरेकी थिइन । बासका केन्द्रीय अध्यक्ष शिब कुमार बर्मा, उपाध्यक्षद्धय दिला शाह र महासचिब कल्पना अधिकारी लगायत केन्द्रीय पदाधिकारीहरुले संस्थाको उद्धेश्य अनुरुप संस्थालाई उचाईमा पुर्याउन महतवपूर्ण भूमिका निर्वाह गर्ने ब्यवस्थापन समितिलाई धन्यबाद ज्ञापन गरेका थिए ।
यसैगरी बैठकले आर्थिक बर्ष २०८३/०८४ को योजना तर्जुमा गरेको छ । गत बर्षको प्रगति, चुनौती र सिकाईका आधारमा कर्मचारीहरुले शाखागत तथा कार्यक्रम र पपिरयोजनागत योजनाहरु पेश गरेका थिए । पेश भएका योजनाहरुमाथि बृहत छmलफल पश्चात बैठकले आर्थिक बर्ष २०८३/०८४ को योजना तर्जुमा गरेको थियो । बैठकको समापन केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।

