कोहलपुरमा सूचीकृत नभएका ई–रिक्सा र अटो चल्न नपाउने

सदरलाइन संवाददाता ४ भाद्र २०८३, बिहीबार १९:२९
 
समाचार सारांश
Generated Using AI
  • कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन भइरहेका अटो तथा ई–रिक्सा अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको छ।
  • सवारी दर्ता, बीमा, चालक अनुमतिपत्र र सवारीधनीको नागरिकतासहित आवश्यक कागजात पेस गरी सात दिनभित्र सूचीकरण गर्न आग्रह गरिएको छ।
  • सूचीकृत नभएका अटो तथा ई–रिक्सा सञ्चालनमा रोक लगाई नियन्त्रणमा लिएर नियमानुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेका विभिन्न पालिकामा अव्यवस्थित रुपमा सञ्चालनमा रहेका अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका अटो तथा ई–रिक्सा नगर क्षेत्रमा सञ्चालन गर्नका लागि सूचीकृत गर्नपर्नेे नगरपालिकाले जनाएको छ । नगरपालिकाले सातदिने सार्वजनिक सूचना जारी गर्दै सूचीकृत नभएका अटो तथा ई–रिक्सा नगर क्षेत्रमा सञ्चालन गर्न नदिने चेतावनी दिएको हो ।

नगरपालिकाका अनुसार ‘अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि, २०७९’ को दफा ३ बमोजिम नगर क्षेत्रमा अटो तथा ई–रिक्सा सञ्चालनको अनुमति लिनुअघि कोहलपुर नगरपालिकामा सूचीकृत हुनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार नगर क्षेत्रमा सञ्चालन गर्न इच्छुक अटो तथा ई–रिक्सा व्यवसायी र चालकलाई आवश्यक कागजातसहित सूचीकृत हुन आग्रह गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।


उनले नगरपालिकामा सूचीकृत भएका अटो तथा ई–रिक्साको पहिचानका लागि कार्यालयबाट स्टिकर टाँस गरिने जनाउँदै सूचीकृत नभएका सवारीसाधनलाई नगर क्षेत्रमा सञ्चालन अनुमति नदिइने बताए । अनुमति नलिई सञ्चालनमा रहेका अटो तथा ई–रिक्सालाई नियन्त्रणमा लिएर नियमानुसार कारबाही गरिने उनले बताए ।

सूचीकरणका लागि यातायात व्यवस्था कार्यालयमा दर्ता भई नियमानुसार नवीकरण गरिएको सवारी दर्ता किताबको प्रतिलिपि, बिमासम्बन्धी कागजात, सवारी चालक अनुमतिपत्र तथा सवारीधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नगरपालिकाले अटो तथा ई–रिक्सा सञ्चालनलाई व्यवस्थित, नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले सूचीकरण प्रक्रिया अघि बढाएको बताए ।

उनले नगर क्षेत्रमा ठुलो संख्यामा अटो तथा ई–रिक्सा सञ्चालन भइरहेकाले तिनको अभिलेख व्यवस्थापन, पहिचान र नियमनका लागि सूचीकरणलाई अनिवार्य गरिएको जनाए ।

नगरपालिकाद्वारा जारी सूचनामा निर्धारित अवधिभित्र आवश्यक कागजातसहित सूचीकरण नगर्ने सबै अटो तथा ई–रिक्सालाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको मधुवनको थनौरागाउँमा हात्ती रोक्न विद्युतीय तार

४ भाद्र २०८३, बिहीबार १९:२९
समाचार सारांश Generated Using AI कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन भइरहेका अटो तथा ई–रिक्सा अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको छ।सवारी दर्ता, बीमा, चालक अनुमतिपत्र र सवारीधनीको नागरिकतासहित आवश्यक कागजात पेस गरी सात दिनभित्र सूचीकरण गर्न आग्रह गरिएको छ।सूचीकृत नभएका अटो तथा ई–रिक्सा सञ्चालनमा रोक लगाई नियन्त्रणमा लिएर नियमानुसार कारबाही […]

सम्बन्धित