बाँकेमा वर्षेखेतीका लागि रासायनिक मल वितरण

सदरलाइन संवाददाता १७ असार २०८३, बुधबार १९:५१
 
समाचार सारांश
Generated Using AI
  • बाँकेका आठै स्थानीय तहमा वर्षेखेतीका लागि कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ।
  • कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले प्रत्येक स्थानीय तहमा डिएपी, युरिया र पोटास मल निर्धारित कोटाअनुसार उपलब्ध गराएको जनाएको छ।
  • किसानलाई समयमै मल उपलब्ध गराएर धानसहित वर्षे बालीको खेतीलाई सहज बनाउने उद्देश्यले वितरण कार्य अघि बढाइएको हो।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेका आठै स्थानीय तहमा वर्षेखेतीका लागि कोटा प्रणाली अनुरूप रासायनिक मल वितरण सुरु गरिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा ९ सय ६९ बोरा युरिया, ५ सय ६५ बोरा डिएपी र १ सय ५७ बोरा पोटास वितरण गरेको बताए ।


यसैगरी नेपालगञ्ज उपमहानगरपालिकामा ८ सय ६९ बोरा डिएपी, १ सय ७४ बोरा पोटास र एक हजार ३ सय १४ बोरा युरिया, बैजनाथ गाउँपालिकामा एक हजार १ सय ५१ बोरा, एक हजार ३ सय ८० बोरा युरिया र २ सय ३० बोरा पोटास, खजुरा गाउँपालिकामा १ हजार १ सय ४४ बोरा डिएपी, एक हजार ३ सय ७० बोरा युरिया र २ सय ३० बोरा पोटास मल वितरण गरिएको बताए ।

जानकी गाउँपालिकामा ८ सय ५९ बोरा डिएपी, एक हजार २७ बोरा युरिया र १ सय ७२ बोरा पोटास, डुडुवा गाउँपालिकामा एक हजार १ सय ४३ बोरा डिएपी, एक हजार ३ सय ६५ बोरा युरिया र २ सय २९ बोरा पोटास, राप्तीसोनारी गाउँपालिकामा एक हजार २ सय २८ बोरा डिएपी, एक हजार ६ सय ३३ बोरा युरिया, २ सय ७५ बोरा पोटास र नरैनापुर गाउँपालिकामा ८ सय ९ बोरा डिएपी, ९ सय ६९ युरिया र १ सय ६२ बोरा पोटास मल वितरण गरिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा प्रशोधित जडीबुटी भण्डारणका लागि आधुनिक भण्डारण केन्द्र निर्माण हुँदै

१७ असार २०८३, बुधबार १९:५१
समाचार सारांश Generated Using AI बाँकेका आठै स्थानीय तहमा वर्षेखेतीका लागि कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ।कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले प्रत्येक स्थानीय तहमा डिएपी, युरिया र पोटास मल निर्धारित कोटाअनुसार उपलब्ध गराएको जनाएको छ।किसानलाई समयमै मल उपलब्ध गराएर धानसहित वर्षे बालीको खेतीलाई सहज बनाउने उद्देश्यले वितरण कार्य […]