२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समावेशीकरणको प्रतिनिधित्व गराउन माग



नेपालगञ्ज : राज्यको हरेक तहमा अन्य सरह यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्व गराईनु पर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन ।

समनता सम्मान रसमावेशी समाज निर्माणमा सबैको साथ भन्ने मूल एजेन्डाका साथ समावेशी मञ्च नेपालको आयोजनामा भएको कार्यक्रमका सहभागिले सो सुझाव दिएका हुन ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी डिलु बुद्धुज पुनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई संविधानमा उल्लेख भएको नैसर्गिक अधिकार पनि पाउन कठिन भएको बताए ।

उनले समाजमा त आफुहरु माथि बिभेद भएकै छ तर राज्यले पनि आफुहरु माथि रोजगारी, अवसर,लगायतका कुरामा समेत विभेद गरेको दाबी गरे ।

उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई समुदायमा सामाजिक समावेशिकारण र राजनीतिक प्रतिनिधित्वका लागि जनचेतनामुलक आवाज उठाईरहनु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक आधिकारकर्मी परिना चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका प्रकार, उनीहरुका समस्या र समाधनको सुझवका बोरमा प्रस्तुती गरेकी थिईन ।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिबार
ताजा समाचार