२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

नेपालगञ्जमा वर्षातको पानीले हुने डुवानबाट जोगाउन नाली सफाई तीब्र



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरमा वर्षातको पानीका कारण जलमग्न हुने गरेको छ । समाधानका लागि उपमहानगरले वर्षातको समयमा ढल र नाला सफाईमा तिब्रता दिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको वातावरण तथा सरसफाई शाखाले ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेकाले केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको जनाएको छ ।

वातावरण तथा सरसफाइ शाखाका प्रमुख बाताबरण ई. प्रकाश डिसीले उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइलाई राखिएको उल्लेख गरे ।

केही वडाको नालामा वडा कार्यालयमार्फत काम सुरु भएको जनाउदै उनले बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेतरोड आसपास ढल र नाला सरसफाइ गरिएको जानकारी दिए । यसकार्यका लागि जेसिभीलगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको जानकारी दिए ।

नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला सङ्कलन हुने गरेको छ । सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार
ताजा समाचार