समाचार सारांश
- बाँकेको राप्तीसोनारी–८ बालापुरमा सिक्टा सिचाई आयोजनाको लिफ्ट सिचाई प्रणालीमार्फत खेतबारीमा पानी पुगेपछि किसानको जीवनशैली फेरिएको छ ।
- पहिले आकाशे पानीको भरमा मुस्किलले दुई खेती हुने क्षेत्रमा अहिले बाह्रै महिना खेती हुँदै उत्पादन र आम्दानी बढेको किसानले बताएका छन् ।
- सिक्टा सिचाई आयोजनाले सतही सिचाई नपुग्ने क्षेत्रमा लिफ्ट प्रणालीमार्फत पानी पुर्याउँदै हालसम्म २२ हजार ५ सय हेक्टर जमिनमा सिचाई सुविधा विस्तार गरेको जनाएको छ ।

राप्तीसोनारी (बाँके) : बाँके राप्तीसोनारी– ८ बालापुरमा लिफ्ट सिचाईबाट पानी किसानको खेतबारीमा पुग्न थालेपछि केही वर्ष यता यहाँको किसानको दिनाचार्य फेरिएको छ ।
आकाशे पानीको भरमा खेती गर्ने उनीहरुको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाबाट पश्चिम मुलनहरमा लिफ्ट सिचाई प्रणाली मार्फत सतही सिचाई पुगेपछि बालापुरका किसानको दिनाचार्य बेमौसमी खेती गर्नमा बित्ने गरेको हो ।
मुलनहर र बाँके राष्ट्रिय निकुञ्जको विचमा पर्ने बालापुरमा लिफ्ट सिचाई नहुदा दुई खेती मुस्किलले हुने ठाउमा अहिले बाह्रै महिना गाउ नै हरियो हुने गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाबाट पश्चिम मुलनहरमा लिफ्ट सिचाई प्रणाली मार्फत सतही सिचाई पुगेपछि बाँके राप्तीसोनारी– ८ बालापुरका किसानका लागि बरदान भएको स्थानीय लोकबहादुर खत्रीले बताए ।
बालापुर लिफ्ट सिचाई कृषक समुहका अध्यक्ष समेत रहेका खत्रीले आयोजनाको पश्चिमी मुलनहर र बाँके राष्ट्रिय निकुञ्जको विचमा पर्ने बालापुरमा लिफ्ट सिचाई नहुदा दुई खेती मुस्किलले हुने ठाउमा अहिले बाह्रै महिना गाउ नै हरियो हुने जनाकारी दिए ।
उनले भने–‘ पहिला खेतीबाट खान पनि पुग्दैनथ्यो आहिले भने खान पुगेर पनि केही बचत गर्न सक्ने भएका छौ । २ वर्षभयो लिफ्ट सिचाईको पानी आउन थालेको पहला बाँझो हुने खेतबारी अहिले सधै हरियो हुने गरेको छ ।’

बालापुरकै उमा देवकोटाले पहिला आकाशे पानीको भरमा खेती गर्दा खान नपुग्ने ठाँउमा अहिले आयोजनाको पश्चिमी मुलनहरबाट लिफ्ट सिचाई प्रणाली मार्फत सतही सिचाई पुगेपछि तीन खेती हुने गरेको बताईन ।
उनले किसानको खेतसम्म पानी बितरण प्वईन्ट राख्ने ब्यवस्था मिलाई दिन आयोजनासंग आग्रह गरीन । उनले भनिन–‘ सिक्टा नहरको पानी हाम्रा लागि होईन जस्तो लाग्थ्यो तर हामी गलत रहेछौ सिक्टा आयोजनाले हाम्रा लागि लिफ्ट प्रविधीबाट भए पनि पानी खेतसम्म पुराई दियो ।’
सिक्टा सिचाई आयोजनाका सस्थागत विकास शाखाका अर्जुन न्यौपानेले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाबाट नहरको पानीबाट सतही सिचाई नहुने स्थानमा आयोजनाले लिफ्टको माध्यामबाट सिचाईको पानी पुरार्ईएको बताए ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाबाट करिव ४३ हजार हेक्ट सतही सिचाई हुने भएपनि निमार्णका क्रममा छोडिएको पानीले हालसम्म २२ हजार ५ हेक्टर जमिनमा सतहि सिचाई पुराएको छ ।
सतही सिचाई नहुने १६ ठाउमा लिफ्ट प्रणालीबाट सिचाईको पानी पुराउने भएको छ । यी मध्ये पश्चिम नहरमा ४ वटा निर्माण भई सचलनमा आएको छ भने पूर्वी नहरमा ११ र पश्चिम नहरमा १ स्थानमा निर्माणाधिन अवस्थामा रहेको आयोजनाले जानकारी दिएको छ ।


