समाचार सारांश
- सिक्टा सिचाई आयोजना अन्तर्गत नरैनापुर क्षेत्रमा पूर्वी नहर निर्माण अघि बढाउन पूरक वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ ।
- स्थानीयले सिँचाइको पानी छिटो उपलब्ध गराउन माग गर्दै नहर निर्माणले कृषि उत्पादन र रोजगारी बढ्ने अपेक्षा गरेका छन् ।
- बाँकी १४ किलोमिटर नहर निर्माणपछि नरैनापुरको ४ हजार ८ सय १ हेक्टर जमिनमा सतही सिँचाइ सुविधा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

नेपालगञ्ज : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको पूर्वीनहरको नरैनापुर क्षेत्रमा निर्माण प्रकृया सुरु गर्नको लागि पुरक वाताबरणिय प्रभाव मुल्याङ्कनका लागि नरैनापुरमा उपभोक्ता र स्थानीयको उपस्थितिमा बिज्ञ सहितको टोलीले सार्वजनिक सुनुवाई गरेको छ ।
नरैनापुरको ४ हजार ८ सय १ हेक्टरमा सतही सिचाई पुराउने सो नहर निर्माणको क्रममा पार्न प्रभावको बारेमा अध्ययन गरी सार्वजनिक सुनवाई गरेको हो ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाईको आयोजनाको पूर्वीनहरको ३९ किलोटिरदेखि ५४ किलोमिटरसम्मको नरैनापुर क्षेत्रमा निर्माण प्रकृया सुरु गर्नको लागि पुरक वाताबरणिय प्रभाव मुल्याङ्कनकोे सार्वजनिक सुनुवाईका क्रममा स्थानीयले नहर निर्माण गरी पानी दिन माग गरिएको आयोजनाका ईञ्जिनियर विक्रम बोगटीले जानकारी दिए ।
उनले नहर निर्माणका क्रममा पार्ने प्रभावको बारेमा सार्वजनिक सुनुवाई आयोजना गरिए पनि स्थानीयले सिचाईको पानी चाडो उपलब्ध गाराउन माग गरेको बताए ।
सिचाईको पानी नपुगेर काकाकुल भई हरेक वर्ष खडेरीसंग जुधिरहेको नरैनापुरमा सिक्टाको नहर निर्माण प्रकृया अघि बढ्नु पालिकाका लागि गौरवको कुरा भएको पालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए ।
उनले नहर निर्माणको लागि आफुहरुले स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सिक्टा नहर पालिकामा पुगे नरैनापुरको आर्थिक अवस्था र रोजगारीमा बृद्धि हुने अपेक्षा राखेको बताए ।

सिक्टा सिचाईको नहरको निर्माणको क्रममा बन क्षेत्र, तथा बन्यजन्तुको बासस्थानमा केही फरक परे पनि बन्यजन्तु मैत्री निर्माणका लागि सुझव दिईएको विज्ञटोली प्रमुख झमबहादुर थापाले बताए ।
वाताबरणिय प्रभाव मुल्याङ्कनका लागि परामर्शदाता साउन्डनेश ईञ्जिनियरिङ्ग कन्सल्टेन्सीका सिभिल ईञ्जिनियर केदार भण्डारीले सामुदायिक बन, स्थानीय जनसमुदायका बीच नहरको निर्माण प्रकृयाको बारेमा छलफल गरिएको जानकारी दिए ।
उनले नहर निर्माणको मुअब्जा विषयमा, नहरले चर्चिने प्रति, सरकारी र व्यक्तिगत जमिनको विषयमा स्थानीयले सार्बजनिक सुनवाईका क्रममा चासो दिएकको बताए ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको पूर्वीनहरको कुल लम्बाई करिव ५४ किलोमिटर मध्ये ३९ कलोमिटर निर्माण भई पानी समेत सञ्चालनमा आएको छ । बाँकी करिव १४ किलोमिटर निर्माण गरि नरैनापुरको ४ हजार ८ सय १ हेक्टरमा सतही सिचाई पुराउदै नरैनापुरमा कृषिको क्षेत्रमा कायापलट गर्ने विश्वास व्यक्त गरिएको छ ।



