रुक्मिणी स्मृती अक्षय कोषबाट शैक्षिक सहयोग

सदरलाइन संवाददाता २८ बैशाख २०८३, सोमबार १९:३०
 
समाचार सारांश
Generated Using AI
  • BAS Nepal की पूर्व केन्द्रीय सदस्य रुक्मिणी शाहको १८औँ पुण्यतिथिमा कोहलपुरकी छात्रा आयुसा थारुलाई १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
  • रुक्मिणी स्मृति अक्षय कोषमार्फत प्रदान गरिएको उक्त सहयोग स्टेशनरी तथा अध्ययन सामग्री खरिदका लागि उपयोग हुने बताइएको छ ।
  • शाहको स्मृतिमा BAS Nepal ले विगत १८ वर्षदेखि शिक्षा, स्वास्थ्य, वृद्धाश्रम तथा विपन्न समुदायलाई सहयोग गर्दै विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

 

नेपालगञ्ज : बास नेपालकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १८औं पुण्य तिथिमा एक छात्रालाई सहयोग हस्तान्तरण गरिएको छ ।

बास नेपालले स्थापनना गरेको रुक्मिणी स्मृती अक्षय कोषबाट बाँकेको कोहलपुर निवासी आईसा थारुलाई एक कार्यक्रमका बिच १० हजारको चेक हस्तान्तरण गरिएको हो ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहकी मुवा तथा दिदि वहिनी समाजका अध्यक्ष रमा देबि शाह, शाहका दाजु तथा कार्यकारी निर्देशक नमस्कार शाह लगायतले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।
कोहलपुर–५ निवासी आयुसा सिद्धार्थ माबिमा कक्षा ८ मा अध्ययनरत आयुसालाई सहयोग रकमले स्टेशनरी खरिदमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले पूर्ब केन्द्रीय सदस्य शाहको बारेमा बोल्दै सहयोग हस्तान्तरणको घोषणा गरेका थिए ।

बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रम बासका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने शाहको तस्विरमा अविर अर्पण गरिएको थियो ।

पुण्यतिथीमा सामाजिक कार्य

शाहको पूण्य तिथीमा बिभिन्न सामाजिक कार्यहरु बासले गर्दै आएको छ । २०६६ देखि हाल सम्म बिभिन्न कार्यहरु गर्दै आएको हो । पहिलो, दोश्रो र तेस्रो बार्षिक पूण्य तिथीमा कार्यक्रम गरि शाहको व्यक्तित्व बारे चर्चा गरि सम्झना गरेको बासले चौथो पूण्य तिथीमा २०६९ बैशाख २७ गते नेपालगञ्ज स्थित भेरी बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई फलफुल वितरण गरेको थियो भने पाँचौं बार्षिक पूण्यतिथीमा २०७० बैशाख २७ गते शाहको स्मृतीमा रुक्मिणि स्मृति अक्षय कोष स्थापना गरिएको थियो ।

त्यसैगरी २०७१ बैशाख २७ गते शाहको छैटौं पूण्यतिथीमा बासले भेरी बृद्धाश्रम नेपालगञ्जमा फलफुल बितरण गरेको थियो । २०७२ बैशाख २७ गते सम्पन्न सातौं पूण्यतिथीमा बासले बागेश्वरी मन्दिरमा रहेका अशक्त, अपाँगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरेको थियो भने २०७३ बैशाख २७ गते सम्पन्न आठौं बार्षिक पूण्य तिथीमा बासले साविकको मोतिपुर गाविस वडानम्बर ६ मटेरिया बर्दिया स्थायी घर भई हाल नेपालगञ्ज बस्दै आएकि घरेलु हिँसा पीडित सीतारानी चौधरीकी छोरी १६ बर्षिया छोरी सरस्वती चौधरीलाई स्टेशनरी सहयोग हस्तान्तरण गर्नुका साथै कक्षा ९ र १० पढ्दा लाग्ने सबै शुल्क बासद्धारा सहयोग गरिएको थियो ।

२०७४ बैशाख २७ मा सम्पन्न नवौं बार्षिक पूण्यतिथीमा बासले निल सागर बृद्धाश्रम नेपालगञ्जमा आश्रित जेष्ठ नागरिकहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रिहरु हस्तान्तरण गरेको थियो । त्यसैगरी २०७५ बैशाख २७ गते सम्पन्न शाहको १० औं बार्षिक पूण्यतिथीमा बासले बाँके सीतापुर माईती घर भई बर्दिया ठाकुरद्वारा घर भएकी ब्रेन ट्युमर रोग पीडित लक्ष्मी शाहीलाई उपचार सहयोगार्थ ५ हजार सहयोग हस्तान्तरण गरेको थियो ।


त्यसैगरी २०७६ बैशाख २७ गते सम्पन्न शाहको ११ औं बार्षिक पूण्यतिथीमा बासले नेपालगञ्ज वडानम्वर १९ मा बिर बहादुर माझिको संरक्षकत्वमा रहि नेपालगञ्जको होप ईन्टरनेशनल एकेडेमी स्कुलमा अध्ययनरत १३ बर्षिय बिशाल बिष्टलाई अध्ययनका लागि रु। ५ हजार सहयोग प्रदान गरेको थियो भने नेपालगञ्ज वडानम्वर २० की घरेलु हिंसा पीडित महिला गंगा सुनारलाई व्यवसाय सञ्चालन गर्नका लागि रु। ५ हजार सहयोग गरेको थियो ।

यसैगरी २०७७ बैशाख २७ गते १२ औं बार्षिक पूण्यतिथीमा बासले जानकी गाउँपालिका वडानम्वर २ भैयापुर निवासी नेपाल प्रेस ईन्स्टिच्युट, क्षेत्रिय सञ्चार स्रोत केन्द्रमा कार्यरत स्वर्गिय गंगा फुयाँलकी धर्मपत्नी संगिता फुयाँल र खजुरा गाउँपालिका वडानं ६ उढरापुर निवासी दृष्टिबिहिन जय बहादुर बिश्वकर्मालाई खाद्यान्न सामाग्रि सहयोग गरेको थियो ।

उनीहरुलाई २५ किलो चामल, साढे २ किलो दाल, २ किलो नुन, २ लिटर तेल लगाएत खाद्यान्न सामाग्री सहयोग गरिएको थियो ।

यसैगरी २०७८ बैशाख २७ गते १३ औं बार्षिक पूण्यतिथीमा बासले पूर्ण अपाँगता भएकी सुनिता बुढालाई नगद पाँच हजार सहयोग गरेको थियो । बुढाको संरक्षण गरिरहेकी नेपालगञ्ज– १८ निवासी समाजसेवी बसन्ती शर्मालाई सहयोग रकम पाँच हजारको चेक हस्तान्तरण गरिएको थियो । यसैगरी बार्षिक पूण्यतिथी कार्यक्रममा नेपालगञ्ज स्थित निल सागर सेवाश्रमलाई ५० किलो नुन सहयोग प्रदान गरिएको थियो । सहयोग निल सागर सेवाश्रमका प्रतिनिधि दिवाकर खत्रीले ग्रहण गरेका थिए ।

यसैगरी २०७९ बैशाख २७ गते १४ औं बार्षिक पूण्यतिथीमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १० निवासी १६ बर्षिय प्रकृति महतोलाई नगद दश हजार सहयोग गरिएको थियो ।

यसैगरी २०८० बैशाख २७ गते सम्पन्न १५ औं बार्षिक पूण्यतिथीमा बासको केन्द्रीय कार्यालय भवन निर्माणार्थ एघार हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गरिएको थियो भने २०८१ बैशाख २७ गते सम्पन्न १६ औं बार्षिक पूण्यतिथीमा वडा नम्बर १ कि १२ बर्षिया बालिका तेजिका महतरा र नेपालगन्ज २२ का निखिल कुमार यादबलाई जनही रु ५ हजार सहयोग प्रदान गरिएको थियो ।

यसैगरी २०८२ साल बैशाख २७ गते १७ औं बार्षिक पूण्यतिथीमा दर्शन सेवा समाज बाँकेको भवन निर्माण सहयोगार्थ ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको थियोे ।

यसका अलावा शाहको सम्झनामा स्थापित अक्षयकोषबाट उनको जन्म दिनको सम्झनामा अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ ।

शाहको स्मृतिमा बासले बास रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । उक्त कोषबाट यस क्षेत्रका हिँसा पीडित महिला, बिपन्न बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्य लिईएको छ । स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा बास पूर्ब केन्द्रिय सदस्य रुक्मिणी शाहका पति लगाएतले उनको दिउसै हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षकका लागि लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली सम्बन्धी तालिम सम्पन्न

२८ बैशाख २०८३, सोमबार १९:३०
समाचार सारांश Generated Using AI BAS Nepal की पूर्व केन्द्रीय सदस्य रुक्मिणी शाहको १८औँ पुण्यतिथिमा कोहलपुरकी छात्रा आयुसा थारुलाई १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।रुक्मिणी स्मृति अक्षय कोषमार्फत प्रदान गरिएको उक्त सहयोग स्टेशनरी तथा अध्ययन सामग्री खरिदका लागि उपयोग हुने बताइएको छ ।शाहको स्मृतिमा BAS Nepal ले विगत […]