नेपालगञ्ज वडानं. १ ले योग भवन, खुला जिम र व्याटमिन्टन कोर्ट सञ्चालनमा

सदरलाइन संवाददाता २६ बैशाख २०८३, शनिबार १२:३४
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज वडा नं. १ ले नसर्ने रोग न्यूनीकरणका लागि योग भवन, ब्याडमिन्टन हल र खुला जिम सञ्चालनमा ल्याएको छ ।
  • करिब ५० लाख रुपैयाँ लागतमा निर्माण भएका यी संरचनाले वडावासीलाई योग, व्यायाम र खेलकुदमार्फत स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
  • योगगुरु डा. गिरिराज भट्टराईले नियमित योग र प्राणायामले उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट बच्न मद्दत गर्ने बताएका छन्
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  नसर्ने रोग न्यूनिकरण गर्न र वडावासीलाई निरोगी बनाउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका वडानं. १ ले योग भवन, व्याटमिन्टीन हल र खुला जिम निर्माण गरि सञ्चानमा ल्याएको छ ।

लुम्बिनी प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयको करिब ५० लाखको लागतमा योग भवनसतिको सरचना निर्माण गरि सञ्चालनमा ल्याएको हो । वडा अध्यक्ष प्रमोद रिजालले वडाका नागरिकलाई योग र खेलकुदका माध्यामबाट निरोगी बनाउन बिभिन्न संरचना निर्माण गरेर सञ्चालनमा ल्याएको बताए ।

नसर्ने रोगको विगविगी भएको बेलामा योग प्रणायमको लागि नेपालगञ्ज वडा कार्यालयले योग भवनसंगै खुला जिम निर्माण गरी वडावासिका लागि ठूलो गुण लगाएको बताछन स्थानीय लाभग्राही ।


योग समिति नेपालका अध्यक्ष तथा योगगुरु डा. गिरिराज भट्टराईले योग र प्रणायमले नसर्ने रोगको निराकरण गर्ने भएकोले योग समिति नेपालले वडासंगको सहकार्यमा नियमित योग शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले नियमित योग प्रणायम गर्दा उच्च रक्तचाप, मधुमेह, लगायतका रोगहरुबाट बच्न सकिने बताए । दैनिक बिहान एक घण्टा योग प्रणायमलाई समय निकाल्लन उनले अनुरोध गरे ।

नेपालगञ्ज वडानं १ ले वडाबासिको लागि वाटरपार्क वरिपरी हिड्नको लागि खुला ठाँउ, योग र व्यायमको लागि खुला जीम र व्यटमिन्टन कोर्टको निर्माण गरे आफ्ना नागरिकको स्वस्थ्य प्रति सचेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्रोत नखुलेको भारतीय ६ लाख रुपैयाँसहित २ पक्राउ

२६ बैशाख २०८३, शनिबार १२:३४
समाचार सारांश Generated Using AI नेपालगञ्ज वडा नं. १ ले नसर्ने रोग न्यूनीकरणका लागि योग भवन, ब्याडमिन्टन हल र खुला जिम सञ्चालनमा ल्याएको छ ।करिब ५० लाख रुपैयाँ लागतमा निर्माण भएका यी संरचनाले वडावासीलाई योग, व्यायाम र खेलकुदमार्फत स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।योगगुरु डा. गिरिराज भट्टराईले […]