२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

नेपालगञ्जमा जेनजी सहिदको शालिक अनावरण



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले वडाको वाटरपार्कमा जेनजी सहिदको शालिक निर्माण गरी शुक्रबार अनावरण गरिएको छ ।

स्थानीयबासिन्दा समेत रहेका जेनजी सहिदहरु इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको स्मृतिमा वडा कार्यालयले सहिदको अर्धकदको सालिक निर्माण गरि अनावरण गरेको हो ।

सहिद आयुषका पिता सुशील थापा, आमा पुनम थापा,नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र वडा अध्यक्ष प्रमोद रिजाल लगायतले सालिकको अनावरण गरेका हुन ।

सुलभ र आयुषले गत भदौमा भएको जेनजी आन्दोलनकोक्रममा काठमाडौँमा सुरक्षाकर्मीको गोली लागेर शाहदत प्राप्त गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष रिजालले सहिद इन्जिनियर सुलभराज श्रेष्ठ र सहिद आयुष थापा स्मृति योग तथा खोप केन्द्र भवन र खुला व्ययामशाला समेत निर्माण गरि उदघाटन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८३ वैशाख १८ गते शुक्रबार
ताजा समाचार