नेपालगञ्जका गृहणी महिला लक्षित ३ सय ९० घण्टाको मन्टेश्वरी तालिम सुरु

सदरलाइन संवाददाता १ फाल्गुन २०८२, शुक्रबार १६:३०
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज उपमहानगरपालिकाले गृहणी र किशोरी महिलालाई लक्षित गरी ३९० घण्टाको निःशुल्क मन्टेश्वरी तालिम सुरु गरेको छ, जसमा २८ जना सहभागी छन् ।
  • नगर प्रमुख प्रशान्त विष्टले तालिमले शैक्षिक बेरोजगारलाई रोजगारीसँग जोड्ने बताए ।
  • तालिमको प्राविधिक सहजीकरण क्रिष्टिना मल्टी स्कील इन्स्टिच्युट प्रालिले गरिरहेको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले गृहणी किशोरीलाई लक्षित गरी स्वरोजगारमुलक निशुल्क मन्टेश्वरी तालिम सञ्चालनमा ल्याएको छ ।

उपमहानगरको रोजगार सेवा केन्द्रको आयोजनामा सुरु भएको सो तालिममा उपमहानगरका २८ जना १८ देखि ४० वर्ष उमेर समुहका २८ जना गृहणी, किशोरी महिला सहभागी रहेको रोजगार संयोजक मञ्जु ज्ञावालीले जानकारी दिईन ।

उनले भनिन–‘गृहणी, किशोरी महिलालाई ३ सय ९० घण्टाको स्वरोजगार मुलक मन्टेश्वरी तलिम सञ्चालनमा ल्याएको छ । समयको माग अनुसार यो तालिम लिएका जनशक्तिको श्रम बजारमा समेत उच्च माग भएकोले यो तालिमपछी रोजगारको सुनिश्चित हुनेछ ।’

कार्यक्रमको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाले गृहणी महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तलिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै मन्टेश्वरी तालिम पनि त्यसमध्येको एक भएको बतए ।

उनले यो शैक्षिक बेरोजगारलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले ३ सय ९० घण्टाको एडभान्स तालिम उपलब्ध गराईएकोले तालिमका सहभागिले शतप्रतिशत उपस्थिति जनाएर तालिम लिन आग्रह गरे ।


नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले उपमहानगरको उदेश्य उपमहानगर भित्रका युवा, किशोरी र गृहणी महिलालाई रोजगारमा जोड्ने भएकोले तालिममा सक्रिय सहभागी भएर तालिम पुरागर्न सुझाव दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाले लक्षित बर्ग अन्तरगत फरक क्षमता फरक पहिचान भएका किशोर किशोरी र गृहणी महिलालाई लक्षित गरी मन्टेश्वरी तालिम सञ्चालन गर्दै आएको छ ।

तालिममा प्रविधिक र प्रशिक्षण क्रृष्टिना मल्टी स्कील ईस्च्यिूट प्रालिले गर्दै आएको छ । तालिममा २८ जना किशोरी गृहणी सहभागि रहेका छन्, जसमा ८ जना नयाँ र २० जना पुरानाले ब्यसिक तालिम लिईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा काँग्रेस उम्मेदवार गौडेलकोे चुनावी भेटघाट

१ फाल्गुन २०८२, शुक्रबार १६:३०
समाचार सारांश Generated Using AI नेपालगञ्ज उपमहानगरपालिकाले गृहणी र किशोरी महिलालाई लक्षित गरी ३९० घण्टाको निःशुल्क मन्टेश्वरी तालिम सुरु गरेको छ, जसमा २८ जना सहभागी छन् ।नगर प्रमुख प्रशान्त विष्टले तालिमले शैक्षिक बेरोजगारलाई रोजगारीसँग जोड्ने बताए ।तालिमको प्राविधिक सहजीकरण क्रिष्टिना मल्टी स्कील इन्स्टिच्युट प्रालिले गरिरहेको छ । यो सारांश AI […]

ताजा अपडेट