चुनाव लड्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा राजीनामा

सदरलाइन संवाददाता ४ माघ २०८२, आईतवार १८:०२
 

 

नेपालगञ्ज : काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव लड्न पदबाट राजीनामा दिएका छन् ।

मेयर बालेनले आजैदेखि लागु हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पेश गरेका हुन ।


राजीनामा पत्रमा शाहले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाअनुसार नगर प्रमुख पदबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै सर्वोच्च अदालतमा देउवा समुहको रिट

४ माघ २०८२, आईतवार १८:०२
नेपालगञ्ज : नेपाली कांग्रेसमा सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध काँग्रेस शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ । निर्वाचन आयोगको निर्णय बदर, […]

ताजा अपडेट