जनआस्था सहकारीको १८ औ वार्षिक साधारण सभा सम्पन्न

सदरलाइन संवाददाता ५ मंसिर २०८२, शुक्रबार १८:३९
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको जन आस्था बहुउदेस्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औ बार्षिक साधारण सभा सम्पन गरेको छ ।

४ सय ६९ सेयर सदस्य रहेको सो सहकारीले खासगरी कृषि क्षेत्रमा समुुह निर्माण गरी लगानी गर्दै आएको संस्थाका प्रबन्धक बिनोद सिंह सावन्तले जानकारी दिए ।

उनले हाल विभिन्न ३ वटा समुह मार्फत बिउ तथा विरुवा उत्पादन गर्ने, महिलालाई आत्मनिर्भर बनाउने खालका विभिन्न सिपमुलक व्यवसाय सञ्चालनको लागि लगानी गर्दै आएको बताए ।


१ करोड ७५ लाखको बाषिक कारोबार गरेको सो संस्थाले करिव डेढ करोड कृषि क्षेत्रका लागि विउविजन उत्पादन तथा विभिन्न सिपमुलक व्यवसाय सञ्चालनका लागि लगानी पनि गरेको जनाएको छ ।

सो सहकारीका पूर्व सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बेलबासेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समाधारण सभामा आर्थिक प्रतिवेदन कोषध्यक्ष सनत कुमार रेग्मी, स्वागत मञ्जु कोईरालाले गरेको कार्र्यक्रममा हरीप्रसाद पौडेल लगायतले बार्षिक साधारण सभाको शुभकामना व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरद्वारा वडालाई कम्युटरलगायतका सामाग्री हस्तन्त्रण

५ मंसिर २०८२, शुक्रबार १८:३९
कोहलपुर (बाँके) :  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले शुक्रबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिका वडा नं.–११ को कार्यालयलाई कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । जेन्जी आन्दोलनका क्रममा वडा कार्यालय आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको थियो । केही समय कार्यालय संचालन आउन सकेको थिएन । कार्यालयबाट सामान्य काम […]

सम्बन्धित