
रौतहट : रौतहटमा सुटकेशभित्र शव फेला परेकी रुबी कुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको उपचारको क्रममा निधन भएको छ ।

रूबि साहको हत्या स्वीकार गर्दै बुधबार बिहानै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा साँझ साढे ५ः५० बजेको क्रममा निधन भएको हो ।


