नेपाली समाज पछाडि फर्कने अवस्थामा छैन : एमाले महासचिव पोखरेल

सदरलाइन संवाददाता १८ जेष्ठ २०८२, आईतवार २२:२५
 

काठमाडौं  :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजलाई पछाडि फर्काउने कुसित मनसाय बोकेर केही शक्तिहरू भ्रमको खेतीमा लागेका बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्र माथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा परिचर्चा गर्ने गरेको बताए । ‘लोकतन्त्रले केही दिएन, बरु यो भन्दा राजतन्त्र नै ठिक थियो’ भन्ने हिसाबले समेत कुप्रचार गर्ने प्रयत्न भएको उनले सुनाए ।

राजावादी र मण्डलेहरूले जे भनिरहेका छन् त्यो सही हो कि होइन भन्ने कुरा व्यवहारिक हिसाबमा हेर्नुपर्नेमा उनले जोड दिए । ‘लोकतन्त्रले नेपाली समाज परिवर्तनको लागि ठुलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पु¥याउनु पर्ने थियो, त्यस हिसाबले पु¥याउन सकेका छैनौँ’, उनले भने ।

उनले पञ्चायतको अवधिमा निर्माण भएको अर्थतन्त्रको आकार र अहिलेको अर्थतन्त्रको आकार, नेपालीको विगतको र अहिलेको प्रतिव्यक्ति आय, आर्थिक, सामाजिक विकासलाई तुलना गरेर हेर्न आग्रह गर्दै तै पनि राजावादी मण्डलेहरूले लोकतन्त्र र गणतन्त्र माथि प्रहार गरिरहेका भन्दै उनले आलोचना गरे ।

नेपालमा वामपन्थीले सरकारको नेतृत्व गर्दा के कुरा फरक भयो भन्ने कुरा पनि तुलना गरेर हेर्न पोखरेलले आग्रह गरे । नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निक्कै सुधार भएको पोखरेलले बताए । ‘नेपाली समाज हिजोको तुलनामा सकारात्मक बाटोमा जाँदै छ’, उनले भने ।


नेपालको आर्थिक विकासमा एमालेले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले जब एमाले सरकारबाट हट्छ तब देश आर्थिक संकटमा पर्ने गरेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा हुँदा नेपालले उच्चतम आर्थिक वृद्धिदर हासिल गरेको उनले दाबी गरे ।

कोभिड महामारीको समयमा समेत नेपालको अर्थतन्त्रले तुलनात्मक रूपमा कम क्षति बेहोरेको पोखरेलले बताए । ‘नेकपा एमालेले आर्थिक, सामाजिक विकासमा सदैव सकारात्मक र प्रभावकारी भूमिका खेलेको छ’, उनले भने ।

यति हुँदा हुँदै पनि अहिले एमाले माथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणको कारण के हो भन्ने कुरा बुझ आवश्यक रहेको पोखरेलले बताए । राजावादी मण्डले, माओवादी, रास्वपा लगायतले एमाले विरुद्ध सुनियोजित रूपमा आक्रमण गरिरहेका पोखरेलले सुनाए ।

हिजो सत्तामा जानको लागि एमालेका अध्यक्षको निवासमा धाउनेहरू नै आज एमालेविरुद्ध प्रहारमा उत्रिएका उनले स्पष्ट पारे । ‘हाम्रो पार्टी र हाम्रो नेतृत्व माथि संगठित रूपमा आक्रमण भइरहेको छ, नेकपा एमालेलाई कमजोर पार्दा मात्र आफ्नो भविष्य सुरक्षित हुन्छ भनेर अहिले उनीहरू एमालेलाई कमजोर बनाउने मिसनमा लागेका छन्’, उनले भने ।

नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिले पनि एमाले माथि प्रहार गरिरहेका पोखरेलको दाबी छ । ‘एमाले जस्तो देशभक्त पार्टी नेपालमा हुँदैन थियो भने नेपाल अन्तर्राष्ट्रिय क्रिडास्थल बन्थ्यो’, पोखरेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर अनिश्चितकालीन यातायात बन्द

१८ जेष्ठ २०८२, आईतवार २२:२५
नेपालगन्ज : ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा आजदेखि देशभर यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । यातायात व्यवसायीले आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय बमोजिम यातायात अनिश्चितकालीन ठप्प भएको हो । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका […]

सम्बन्धित

ताजा अपडेट