बाँके प्रहरीले स्रोत नखुलेको भारतीय ५ लाख सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु

सदरलाइन संवाददाता १६ जेष्ठ २०८२, शुक्रबार १४:३०
 

नेपालगञ्ज : बाँके प्रहरीले स्रोत नखुलेको भारतीय ५ लाख रुपैयासहित एक भारतीय नागरिक सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्ष दीपक पातलीले दिएको जानकारी अनुसार प्रहरीले उनीहरुलाई नेपालगञ्ज–१६ जयसपुर हुँदै नेपाल प्रवेश गरेको अवस्थामा भारतीय नंम्बरको युपी ३२ एलभि ६३८९ को सुजुकी कारमा खानतलासी गर्दा भारतीय ५ सय दरका ६सय थान र दुई सय दरका १ हजार थान बरामद गरेको जनाएको छ ।

प्रहरीले सो रकम सहित भारत लखउनका ४० वर्षिय निरज चौरसिया र साविक पुरन्धारा गाविस–१ की वर्ष २६ की साईना नेपालीलाई सो गाडिसहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार चौरसियाले गाडि चलाएर आएका थिए ।


बाँके प्रहरीले स्थलगत बरामदी मुचुल्का गरी आवश्यक कारवाहीको लागि दुबैजनालाई बरामद रुपैया, गाडी सहित राजश्व अनुसंधान कार्यालय कोहलपुर बाँके पठाईएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘नरसिंहः अवतार’ फिल्मको टोलीद्वारा बाँकेमा पत्रकारहरूसँग अन्तरक्रिया

१६ जेष्ठ २०८२, शुक्रबार १४:३०
नेपालगन्ज : नेपाली सिने जगतका महानायक राजेश हमालसहित ‘नरसिंह अवतार’ चलचित्रको टोलीले बिहिवार बाँके जिल्लामा स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका कलाकार, निर्माता, निर्देशक लगायतको टोली उपस्थित रहेको थियो । बाँकेको नेपालगञ्जमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली […]