२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

काठमाण्डौका जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्ष प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ



काठमाडौँ :  काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर भएका छन् । महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले उनलाई कार्यालय प्रवेश गराउदै कार्यकक्षमा पुराएका हुन् ।

गुरागाईँलाई कार्यकक्षमा प्रवेश रोक्न कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरिएको भए पनि जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पु¥याएका हुन् ।

काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेनले गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

मेयर साहले गुरागाईँलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार समेत गरेको भए पनि जवाफमा मन्त्रालयले उनलाई नै निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।

प्रकाशित मिति : २०८१ चैत २१ गते बिहीबार
ताजा समाचार