२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

वडा अध्यक्ष बर्माद्वारा श्रीतिरुपति बालाजी धाम जाने सडक शिलान्यास



नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडानं. १८ विकास निर्माणका कारण आफ्नो भिन्न परिचय बनाउन सफल भएको छ । यसैक्रमलाई निरन्तरता दिदै आरसिसि नाला सहित अस्फालल्ट कालोपत्रे योजनालाई धमाधम तिब्र पारिएको छ ।

सो वडाका वडा अध्यक्ष दिपक वर्मा नेतृत्वको जनप्रतिनिधिको टिमले आफ्नो वडालाई पूर्वाधारका हिसावले अन्य वडा भन्दा फरक पहिचान बनाउने पहल गरेको पाईएको छ ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका वडा अध्यक्ष बर्माले आरसीसी नालासहितको अस्फाल्ट कालोपत्रे सडक निर्माणलाई अगाडि बढाउदै त्यसको शिलान्यास समेत गरेका छन् ।

सडक विभाग पछाडीको पशुपतिनगरमा कृष्ण विष्टको घरदेखि निर्माणको क्रममा रहेको श्रीतिरुपति बालाजी धाम जाने सडकको शिलान्यास गरेका हुन् ।

आरसीसी नालासहितको अस्फाल्ट कालोपत्रे सडक निर्माणका लागि ७० लाख बजेट विनियोजन गरिएको उनले बताए ।

प्रकाशित मिति : २०८१ फागुन १८ गते आइतबार
ताजा समाचार