कृषिको उत्पादन बढाउन सहज बजारीकरण र मुल्य सुनिश्चितता जरुरीः मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता २३ माघ २०८१, बुधबार १८:०४
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि उत्पादन बढाउन सहज बजारीकरण र मुल्य सुनिश्चितता जरुरी रहेको बताएका छन । यी दुवै काम गर्न स्थानीयस्तरमा खरिद तथा विक्रि कक्ष स्थापना गरेर सञ्चालन गर्न अनिवार्य भएको बताएका हुन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाण्डौंले स्थानीय स्तरमा विक्रि तथा खरिद कक्ष सञ्चालन सम्वन्धि आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले किसानले उत्पादन गरेका कृषि र पशुबस्तुको सहज बजारीकरण, उचित मुल्यकालागि स्थानीय स्तरमा खरिद तथा विक्रि कक्ष स्थापना गरेर सञ्चालनमा ल्याउनुपर्ने बताए ।


‘बजार र मुल्य सुनिश्चित नहुदा किसानले उत्पादन बढाउन हिचकिचाउने अवस्था छ । ढुक्क भएर उत्पादन गर्ने वातावरणको सृजना गर्न जरुरी छ’ मुख्यमन्त्री आचार्यले भने, ‘उत्पादन गरेको खाद्यन्न, तरकारी, फलफूल, पशु बस्तुको विक्रि हुन्छ । मुल्य पनि राम्रो पाईन्छ भन्ने ढुक्कको वातावरण बनाउन सकियो भने किसानले उत्पादन बढाउनुहुन्छ, हामिले त्यो कुरा बुझेका छौं ।’

खाद्य तथा व्यापार कम्पनीले अत्यावश्यक खाद्य वस्तुको मुल्य स्थिरीकरण गर्न, दुर्गम क्षेत्रमा खाद्यन्न आपुर्ति गर्न, प्राकृतिक प्रकोप तथा आपतकालिन अवस्थामा खाद्यान्न व्यवस्थापन गर्न, सघन सहरी क्षेत्रमा आपूर्ति व्यवस्थापन गर्न, खाद्य सम्प्रभूता र भोक विरुद्ध अधिकारको सुनिश्चितता गर्न, उत्पादनको विविधिकरण गर्न, निर्यात अभिवृद्धि गर्न स्थानीय स्तरमा समेत खरिद तथा विक्रि कक्षको स्थापना गर्न थालेको हो ।

संघीय, प्रादेशिक एवम् स्थानीय तहमा खाद्यान्न संचय गर्न कोदाम घर निर्माण गरिने, कृषक समूह वा सहकारी मार्फत उत्पादित कृषि तथा पशुपंक्षिजन्य उत्पादनको खरिद सुनिश्चित गरी एकिकृत प्रशोधन उद्योगको स्थापना तथा सञ्चालन गर्ने लक्ष्य राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले किसानले उत्पादन गरेका खाद्यान्न, तरकारी तथा फलफूल र पशुपंक्षिको सहज बजारीकरणमा ध्यान दिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 आधारभूत तहमा पुगेर समस्या समाधान गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

२३ माघ २०८१, बुधबार १८:०४
देउखुरी :  लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता नीति, २०८० कार्यन्वयनमा लगेको छ । नीतिको प्रभावकारी कार्यान्वयनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले आधारभूत तहसम्म कार्यक्रम पु¥याउन जोड दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बुधवार सम्पन्न निर्देशक समितिको प्रथम बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्य र प्रमाणलाई आधार मानेर समस्या […]