पाँचौं अधिवेसन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय

सदरलाइन संवाददाता ८ पुष २०८१, सोमबार १७:५३
 

देउखुरी :  लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेसन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।


‘पाँचौ अधिवेसन आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ’ मन्त्री पन्थीले भने,‘अव सदन चल्छ र नियमित छलफल हुन्छन् ।’

गतभदौ ३१ गते चौथो अधिवेसन अन्त्य भएको थियो । साढे तीन महिनापछी पाँचौं अधिवेसनको बैठक बस्न लागेको हो । यस्तै बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक अनुशासन कायम गर्न बेरुजु हुनै नदिने गरी काम गरौंः मुख्यमन्त्री आचार्य

८ पुष २०८१, सोमबार १७:५३
देउखुरी :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारले बेरुजु हुनै नदिने गरी काम गर्ने बताएका छन् । महालेखापरीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सोमवार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको लेखापरीक्षण, बेरुजु फछ्र्यौट र सम्परीक्षण सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले […]