एनटिभी र रेडियो नेपाल पिएसबीमा रुपान्तरण भएको नागरिकले महशूस गर्नुपर्छः कार्यकारी अध्यक्ष विष्ट

सदरलाइन संवाददाता ३ पुष २०८१, बुधबार २०:१३
 

काठमाडौँ  :  सार्वजनिक सेवा प्रसारण संस्था पिएसबीसंग सम्बन्धित नीतिगत र व्यवहारिक विषयवस्तुलाई यसै आर्थिक बर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको छ ।

रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर बनेको सार्वजनिक सेवा प्रसारण संस्था नेपालका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पिएसवी सञ्चालनको नियामावली तथा त्यससंग सम्बन्धित विनियामावली र आवश्यक कार्यविधि लगायतका काम यसै आर्थिक वर्षभित्र सक्ने गरी काम हुनु पर्ने बताए ।

रेडियो नेपाल र नेपाल टेलिभिजनमा आयोजित छुट्टा छुट्टै कार्यक्रममा अध्यक्ष डा विष्टले पिएसबीमा संस्थागत रुपान्तरणसंगै नागरिकले महशूस गर्ने गरी विषयवस्तु र प्रविधिमा रुपान्तरणका लागि नयाँ उत्साह, उर्जा र सकारात्मक सोचका साथ काम गर्न निर्देशन दिए ।

कार्यकारी अध्यक्ष विष्टले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल उल्लेख गरी दुवै संस्थाको साइनबोर्ड र लेटर हेड लगायतका कागजात दुइदिनभित्र प्रयोगमा ल्याउन पनि निर्देशन दिए ।


रेडियो नेपालमा आयोजित स्वागत कार्यक्रममा नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टले दुवै संस्थाका कर्मचारीलाई सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रित गर्दै परिणाम देखिने गरी काम गर्न समेत निर्देशन दिए ।नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणलाई सबैको सहकार्य र समन्वयमा सफल बनाइने बताए ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री र चन्द्रभुषणलाल दासले सकारात्मक भावना र एकताको शक्तिबाटै सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन सकिने बताए । रेडियो नेपालमा आयोजित कार्यक्रमपछि कार्यकारी अध्यक्ष डा विष्टले रेडियो नेपालको प्रसारण स्टूडियो लगायत विभिन्न कक्षको अवलोकन गरेका थिए ।

यसैगरी नेपाल टेलिभिजनमा आयोजित कार्यक्रममा निमित्त नायव महाप्रवन्धकहरु आरती चटौत र चिन्तामणी बरालले ऐतिहासिक अवसरकारुपमा आएको पिएसवी देशकै समृद्धीसंग जोडिएको बताए ।

कार्यक्रममा नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपालप्रसाद दाहाल, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विक र नेपाल पत्रकार महासंघ नेपाल टेलभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमालले कर्मचारीको वृत्ति विकास र सेवा सुविधा सुनिश्चिताको माग गर्दै सार्वजनिक सेवा प्रसारण संस्थालाई सफल र प्रभावकारी बनाउन संपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सार्वजनिक सेवा प्रसारण संस्था पिएसबीको कार्यकारी अध्यक्षको नियुक्तिसंगै नेपाल टेलिभिजन र रेडियो नेपालले संयुक्त र छुट्टाछुट्टै कार्यक्रम तथा छलफल गरी पिएसवी सञ्चालनका लागि आवश्यक प्रकृयागत प्रशासनिक कार्यहरुको शुरुवात आजैबाट गरिएको छ । पिएसवी कार्यान्वयनका क्रममा प्रिलञ्चिङ वा विशेष समारोहको समय समेत तोक्ने तयारीका साथ काम गर्न कार्यकारी अध्यक्षबाट निर्देशन भएपछि दुवै संस्थाका उच्च व्यवस्थापन आवश्यक गृहकार्य पनि शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अख्तियार कसैलाई तर्साउन गलाउन नभई सुशासन कायम गर्न हो

३ पुष २०८१, बुधबार २०:१३
नेपालगञ्ज  :  अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले अख्तियार कसैलाई तर्साउन, गलाउनका लागि नभई सुशासन प्रबद्र्धनका लागि खडा भएको बताएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका […]