‘निर्णय प्रकृयामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’

सदरलाइन संवाददाता १८ मंसिर २०८१, मंगलवार १८:२०
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी दिदै राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न कानुनी आधार तयार पार्ने काम भइरहेको बताएका हुन ।

अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्दै प्रदेशमा अपाङ्गता समन्वय समिति गठन, अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।


‘नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । लुम्बिनी प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्दै एकीकृत सेवा प्रवाहको सहजताको लागि प्रादेशिक तहमाअपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी गराउँदछु’शुभकामना सन्देशमा भनिएको छ, ‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न प्रदेश सरकारले कानुनी आधार समेत निर्माण गरेर अघि बढ्ने कुरा यसै अवसरमा जानकारी गराउन चाहन्छु ।’

यस्तै मुख्यमन्त्री आचार्यले अपांगतामैत्री संरचना निर्माणको काममा प्रदेश सरकारले प्राथमिकतामा राखेको समेत जानकारी गराएका छन् । पुराना संरचामा सुधार र नयाँ संरचना पूर्ण अपाङ्गमैत्री बनाउने काम भइरहेको उनको भनाई छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्धन, समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ । यस वर्ष समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लानको उच्चस्तरिय टोलीद्वारा गुलरिया–१२ का ‘च्यापियन अफ चेन्ज’ को योगदानबारे जानकारी

१८ मंसिर २०८१, मंगलवार १८:२०
गुलरिया (बर्दिया) : प्लान ईन्टरनेशनल नेपालको उच्चस्तरिय प्रतिनिधि मण्डलद्वारा बर्दिया विभिन्न साझेदार संस्थाहरुसंगको सहकार्यमा सञ्चालनमा रहेका कार्यक्रमहरुको स्थलगत अवलोकन गरेको छ । अवलोकनको क्रममा गुलरिया नगरपालिका वडानं.१२ मा समाज रुपान्त्रणका लागि क्रियाशिल किशोर किशोरीहरु ‘च्यापियन अफ चेन्ज’ अर्थात सिओसी गु्रपसंग अन्तरक्रिया समेत गरेको छ । सो अवसरमा सिओसी समुहकी सदस्यसमेत […]