दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलीकरणका लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज नेपाल टेलिभजनका पदाधिकारीसँगको भेटमा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरिरहेको, अझैं प्रदेश सरकारबाट सम्पादन भएका काम र असल अभ्यासहरुलाई नागरिक माझ पु¥याउन जोड दिए ।
‘प्रदेश स्थापना भएदेखि नै मिडिया क्षेत्रसँग सहकार्य भइरहेको छ । प्रदेशको सम्भावना र सम्पादन भएका कामले जनस्तरमा पु¥याएको योगदानलाई बाहिर ल्याउन जरुरी छ’–उनले भने–‘सुशासन, पारदर्शीता र जवाफदेहिताको लागि मिडिया क्षेत्रबाट अझै भूमिका बढाउनुपर्ने छ । यसका लागि प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गरेर साथसाथै अघि जान चाहन्छ ।’
भेटमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले सार्वजनिक प्रशारण संस्था गठन गरेर नयाँ ढंगले नेपाल टेलिभिजन र रेडियो नेपाल आगडि बढेको र आगामी दिनहरुमा पनि प्रदेश सरकारसँग सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।